
“आमा ! जाडाे लाग्याे एउटा स्वेटर बुनिदिनुस, न मलाई । सानाेहुँदा त कति बुनिदिनु हुन्थ्यो ? आज भाेलि किन नबुनिदिएकाे ?”
याे जाडाेमा कहिलेकाहीँ भटमास र टमाटर राखेर गुन्द्रुककाे झाेल खान कति मिठाे हुन्थ्याे ।
” बुहारी ! हरिकाे घरमा पुजा लगाएर लाख बत्ती बाल्ने रे , ४/५ हजार बत्ती हाम्राे पनि मिसाउन पाए हुन्थ्यो । बिहान बेलुकी यसाे अलि अलि गरेर बनाई देउन है । सबैले अलिअलि मिसाउछन के खालिहात जानु ?”
” याे जाडाेमा कहिलेकाहीँ भटमास र टमाटर राखेर गुन्द्रुककाे झाेल खान कति मिठाे हुन्थ्यो । बारीभरी साग छ दिनभरी के गरेर बस्छेउ ? कविताकी आमा ! साग टिपेर गुन्द्रुक बनाउ न । आमाले सक्दा कति बनाउनु हुन्थ्यो ।”
भाउजू ! पाेहोर साल हजुरले बनाउनु भएकाे मस्याैरा भान्जा-भान्जी, ज्वाइँ सबैले मन पराए ।
” भाउजू ! पाेहोर साल हजुरले बनाउनु भएकाे मस्याैरा भान्जा-भान्जी, ज्वाइँ सबैले मन पराए । यसपालि बनाउनु भएन ? कुबिण्डाेकाे सबभन्दा मिठाे हुदाे रहेछ है । आउने मान्छे भए भने पठाई दिनु न है ।”
सुत्ने बेलामा दिनभरी आफुले गरेकाे काम संम्झिन । २ वटा खसी र एउटा भैंसी त्यसलाई घाँस पराल, कुडाे-पानी, भकाराे साेहार्ने, दुध दुहुनु, बिहान बेलुकी खाना – खाजा सबै कामले एक निमेष फुर्सद हुदैन । सबैकाे माग संझेर कविताकी आमालाई के गराैं ? कसाे गराै भयाे ?
अनि जुरुक्क उठेर ओछ्यानमा बसेर भनिन –“हजुरले मलाई बिबाह गरेर ल्याउनु भएकाे मान्छे कि मेशिन ?”
बन्दना घिमिरे
गठ्ठाघर, भक्तपुर