प्रधानमन्त्री कपका लागि सुदूरपश्चिमको क्रिकेट टिम तयार


[ss_social_share]
लेखक : लेखापढी      १० पुष २०७७, शुक्रबार २२:३१ मा प्रकाशित     
प्रधानमन्त्री कपका लागि सुदूरपश्चिमको क्रिकेट टिम तयार

काठमाडौं । दाङमा शनिबारदेखि हुने प्रधानमन्त्री कप राष्ट्रिय महिला टी-२० क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशले राष्ट्रिय खेलाडी विन्दु रावलको कप्तानीमा टिम घोषणा गरेको छ ।

प्रधानमन्त्री कप राष्ट्रिय महिला टी-२० क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले १४ सदस्यीय टिमको घोषणा गरेको हो । जसमा कप्तानी विन्दु रावल, उप-कप्तान रुवी पोद्दार, मञ्जु बोगटी, रीतु कनोजिया, कविता जोशी, डली भट्ट, लक्ष्मी साउँद, कविता कुँवर, दिव्या कार्की, सुनीता लुहार, दीपा जोरा, स्‍नेहा महरा, रेवती धामी र सम्झना खड्का छन् ।

टोलीको वैकल्पिक खेलाडीमा मनीषा चौधरी, शोभा रोकाया, सुधा धामी र पवित्रा धामी छ्न् । त्यस्तै टोलीको प्रमुख प्रशिक्षकमा सुदूरपश्चिमकी पूर्वकप्तान जानकी भट्ट, टिम व्यवस्थापकमा दिनेश सिंह छन् । समूह ‘बि’ मा रहेको सुदूरपश्चिम प्रदेशले आफ्नो पहिलो खेल प्रतियोगिताको सबैभन्दा कमजोर मानिएको गण्डकी प्रदेशसँग प्रतिस्पर्धा गर्ने भएको छ । प्रतियोगितामा विभागीय टोली एपीएफ र सातवटै प्रदेश गरी कुल आठ टिमको सहभागिता छ ।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •