काठमाडौं । पूर्वमाओवादी छाडेबापत् पाँचजना नेताहरुले मन्त्री पद पाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पुनर्गठन गरेको मन्त्रिपरिषद्मा नेताहरु टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी, दावा लामा तामाङ, मणिचन्द्र थापा र प्रभु साह मन्त्री बनेका छन् । उनीहरु पुष्पकमल दाहाल प्रचण्डको साथ छोडेका थिए ।
नबनियुक्त मन्त्रि र मन्त्रालय :
–टोपबहादुर रायमाझी: उर्जा मन्त्रालय
– गौरीशंकर चौधरी: श्रम तथा यातायात
–दावा लामा तामाङ: युवा तथा खेलकुद
–मणिचन्द्र थापा: खानेपानि मन्त्रालय
– प्रभु साह: सहरी विकास मन्त्रालय
यसमध्ये तामाङ सिन्धुपाल्चोकको प्रदेश ‘ख’ मा पराजित भएका थिए । थापा सांसद थिएनन् ।