सोमपाल टी टेन लिग खेल्ने


[ss_social_share]
लेखक : लेखापढी      ९ पुष २०७७, बिहीबार ०१:४७ मा प्रकाशित     
सोमपाल टी टेन लिग खेल्ने

काठमाडौं ।  सोमपाल कामीले मराठा अरबियन्सबाट टी टेन लिग खेल्ने भएका छन् । नेपाली अलराउण्डर आबुधाबीमा बुधबार बेलुका भएको ड्राफ्टमा उनलाई मराठाले अनुबन्धन गरेको हो ।

सोमपालले चौथो संस्करणको टी टेन लिगमा खेल्ने पक्का भएको हो । टी टेन लिग खेल्ने सोमपाल तेस्रो नेपाली खेलाडी बन्ने छन् ।

यसअघि नेपालका सन्दीप लामिछाने र पारस खड्काले टी टेन लिगमा खेलिसकेका छन् । आगामी संस्करणको टी टेन लिग आबुधाबीमा जनवारी २८ देखि फेब्रुवरी ६ सम्म आयोजना हुँदैछ । प्रतियोगितामा सहभागी ८ टिमलाई दूई समूहमा विभाजन गरिएको छ ।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •