ओली सरकार कामचलाउ: महत्वपूर्ण निर्णय गर्न मिल्दैन


ओली सरकार कामचलाउ: महत्वपूर्ण निर्णय गर्न मिल्दैन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा आगामी वैशाख १७ र २७ गते प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरेपछि केपी शर्मा ओली नेतृत्वको सरकार कामचलाउ सरकारमा परिणत भएको विज्ञहरूले बताएका छन् । त्यसकारण अब ओली सरकारले दीर्घकालीन महत्वको कुनै पनि निर्णय लिन नपाउने उनीहरूको भनाइ छ ।

संविधानविद् डा. भीमार्जुन आचार्यका अनुसार ५ पुसदेखि नै सरकार कामचलाउ भएको हो । उनी भन्छन्, ‘संविधानअनुसार यो सरकार कामचलाउ भइसकेको छ, यसले अब ठूला–ठूला निर्णय लिन मिल्दैन ।’

नेपाल सरकारका पूर्वमुख्य सचिव विमल कोइराला भने कामचलाउ भन्दा पनि ओली सरकारलाई संक्रमणकालीन सरकार भन्न रुचाउँछन् । अमेरिकामा चुनाव भइसकेको तर नयाँ राष्ट्रपति आइसक्नु अघिको सरकारलाई सरकारलाई ‘ल्यामडक गभर्मेन्ट’ भन्ने गरिन्छ । त्यसहिसाबले हेर्दा ओली सरकारलाई संक्रमणकालीन भन्नुपर्ने उनको तर्क छ ।

‘ओलीजी प्रधानमन्त्रीमा निरन्तर हुनुहुन्छ, तर दीर्घकालीन महत्वको निर्णय लिन पाउनुहुन्न, जो बाइडेनले चुनाव जितिसकेको तर कुर्सीमा ट्रम्प नै बसेजस्तो अवस्था हो उहाँको पनि’ पूर्वमुख्यसचिव विमल कोइराला भन्छन् ।

‘ओलीजी प्रधानमन्त्रीमा निरन्तर हुनुहुन्छ, तर दीर्घकालीन महत्वको निर्णय लिन पाउनुहुन्न, जो बाइडेनले चुनाव जितिसकेको तर कुर्सीमा ट्रम्प नै बसेजस्तो अवस्था हो उहाँको पनि’ पूर्वमुख्यसचिव कोइराला भन्छन्, ‘नैतिक रुपमा पनि यो सरकारले नियमित सरकारले जस्तो निर्णय लिन पाउँदैन, सक्दैन ।’