पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा अन्तर्राष्ट्रिय समुदायको चासो: सरकारले सुरक्षा बढायो


[ss_social_share]
लेखक : लेखापढी      ९ पुष २०७७, बिहीबार ०१:२६ मा प्रकाशित     
पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा अन्तर्राष्ट्रिय समुदायको चासो: सरकारले सुरक्षा बढायो

काठमाडौं । सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षा बढाएको छ । राजसंस्थाको पक्षमा वकालत गर्दै आएका एकजना वरिष्ठ पत्रकार प्रा. पी खरेलले एक अनलाइन टेलिभिजनसँग कुरा गर्दै यस कुराको खुलासा गरेका हुन् । 

उनका अनुसार पूर्वराजाको लोकप्रियतासँगै केही अन्तर्राष्ट्रिय संस्थाले उनको सुरक्षामा चासो देखाएपछि सरकारले सुरक्षा बढाएको छ । खरेलले भने, ‘म धेरै कुरा खुलासा गर्न चाहान्न । सुरक्षा निकायले नै भने हुन्छ । राजा ज्ञानेन्द्रको व्यक्तिगत सुरक्षा व्यवस्थामा परिवर्तन गरिएको छ ।’ 

राजाको शक्ति र जनविश्वास बढेकाले उनको व्यक्तिगत सुरक्षामा ध्यान दिनुपर्छ भनेर बाह्य शक्तिले ध्यानाकर्षण गराएपछि सरकारले उनको सुरक्षा बढाएको खरेलको भनाई छ । 

साथै, राजाको आत्मविश्वास बढ्दै गएको र उनलाई भेट्न नियमितरुपमा काँग्रेसदेखि पूर्वमाओवादीका नेता र अन्तर्राष्ट्रिय संघसंस्था र मुलुकका प्रतिनिधिहरुसम्म निर्मलनिवास धाउने क्रम बढेर गएको पी खरेलले बताएका छन् । 

पूर्बराजा आफै खुल्ला रुपमा सक्रिय हुनु भन्दा पनि नेपाली जनताले स्वयंले बुझेर स्वीकार गरुन भन्ने चाहना रहेको बुझिन्छ । 

दलहरुका क्रियाकलापसँगै मुलुक थप अस्थिर हुन थालेपछि पछिल्लो समयमा मुलुकभर राजसंस्थाको पक्षमा ठूलठूला प्रदर्शनहरु भइरहेका छन् । प्रदर्शनमा राप्रपाको घुसपैठ भएको भन्दै खरेलले आलोचना पनि गरे । 

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •