संसद विघटनविरुद्धको रिट निवेदनमा सुनुवाइ प्रारम्भ


[ss_social_share]
लेखक : लेखापढी      ८ पुष २०७७, बुधबार १३:२५ मा प्रकाशित     
संसद विघटनविरुद्धको रिट निवेदनमा सुनुवाइ प्रारम्भ

काठमाडौं, पुस ८ गते । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनहरुमा सुनुवाइ प्रारम्भ भएको छ । सो सम्बन्धमा परेका १२ वटा रिटमाथि प्रधान न्ययाधीश चोलेन्द्र शम्शेर जबराको एकल बेन्चमा सुनुवाइ भइरहेको  सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले बताउनुभयो ।
कोभिडका कारण इजलास कक्षमा जम्मा २६ जनामात्र रहन सक्ने अबस्था रहेको र त्यहाँ १२ जना रिट निवेदक रहेकोले धेरै आउजाउ र भीड नहुने व्यबस्था मिलाइएको हुँदा कति जनाकाे बहसमा भाग लिनु हुने छ भन्ने एकिन गर्न नसकिएको उहाँले बताउनुभयो ।
सुनुवाइ कति समय चल्छ भन्ने अहिले भन्न नसकिने उहाँले बताउनुभयो ।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •