नेपाल कम्युनिष्ट पार्टी (नेकपा )को अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलीले बाेलाउनु भएकाे केन्द्रीय कमिटी बैठक शुरुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अध्यक्ष केपी शर्मा ओली पक्षको बैठक शुरुभएको हो । बैठकले आज महत्वपूर्ण निर्णय गर्ने बताइएको छ ।
विहान ९ बजेका लागि बोलाइएको बैठक केही ढिलागरी पौने ११ बजे शुरुभएको केन्दीय सदस्य नारदमुनी रानाले जानकारी दिनुभयो । बैठकको गृहकार्यमा केही समय लागेपछि बैठक केही ढिलो भएको उहाँको भनाई छ । हिजो सोमबार अध्यक्ष ओलीले आफ्नो पक्षका नेता तथा विघटित प्रतिनिधिसभाका सांसदहरुलाई विहान १० बजेपछि बालुवाटारमा छलफल गर्नुभएको थियो ।
आजको बैठकमा पूर्व माओवादी नेताहरु टोपबहादुर रायमाझी र मणी थापा अध्यक्ष ओली पक्षको केन्द्रीय कमिटी बैठकका लागि बालुवाटार पुग्नुभएको बालुवाटार स्रोतले बताएको छ । दुई पक्षको फरक फरक बैठक भएपछि नेताहरु तान्नेक्रम दुवै पक्षबाट जारी छ ।