माया ! (लघुकथा)


[ss_social_share]
लेखक : लेखापढी      ६ पुष २०७७, सोमबार १२:०० मा प्रकाशित     
माया ! (लघुकथा)

 

मुना र मदन एकआपसमा अँगालो मारेर कुरा गरिरहेका थिए । त्यही बेला अकस्मात भूकम्प गयो ।

मुनाले मदनलाई झन् बेसरी समात्यो । घर हल्लिरहेको थियो । कर्याककुरुक आवाज आउन थाल्यो । मदनले बल गरेर मुनाको अँगाले छुट्ट्यायो र दौडिएर घरबाट वाहिर निस्कियो । भर्खर उपचार गरेर फर्केकी मुना निकै अत्तालिइन् । सँगैको खाटमा छोरी निदाइरहेकी थिइन् । छोरीलाई च्यापेर बाहिर निस्कन खोजिन् ।

‘आमाले बच्चालाई घोप्टो परेर जोगाएको रहेछ तर आफू भने बाँच्न सकिनन्, बिचरा ǃ आमा भनेको माया नै  हुँदोरहेछ ।’

मदनले बाहिर पुगेपछि श्रीमती र छोरीलाई सम्झियो । त्यही बेला ठूलो आवाज गरेर घर भत्कियो । मुना चिच्याएको र छोरी रोएको आवाज एकै पटिक सुनियो । मदन दौडेर भित्र जान खोज्यो तर अरुले समातेर जान दिएन ।

केही बेरमा उद्धार टोली आइपुग्यो । बच्चा रोइरहेको आवाज आइरहेको ठाउँमा गएर छोरीलाई जीवितै उद्धार गर्यो । एम्बुलेन्समा राख्दै उसले भन्यो — ‘आमाले बच्चालाई घोप्टो परेर जोगाएको रहेछ तर आफू भने बाँच्न सकिनन्, बिचरा ǃ आमा भनेको माया नै  हुँदोरहेछ ।’

“के कुरा गरेको त्यस्तो ? म मरेर पनि तिमीलाई  बचाइराख्छु । यमराज कहाँबाट पनि खोसेर ल्याउँछु ।”

उद्धारकको कुरा सुनेपछि मदनले आँखा बन्द गर्यो । उसको कानमा गुन्जियो– “साँच्चै, म मरे भनेंँ तिमी अर्की ल्याउँछौ ?”

“के कुरा गरेको त्यस्तो ? म मरेर पनि तिमीलाई बचाइराख्छु । यमराज कहाँबाट पनि खोसेर ल्याउँछु ।”

अस्पतालमा भर्ना भएपछि मुनाले भनेको आवाज फेरि कानमा गुन्जियो । मदन बेहोस भएर ढल्यो । होसमा आँउदा ऊ त्यही अस्पतालमा थियो जहाँ मुनाको लास राखिएको थियो । ऊ जुरुक्क उठ्यो र सरासर बाहिर निस्कियो ।

पसलमा भ्यालेन्टाइन डेको गुलाफ किन्नेहरुको भीड लागिरहेको  थियो ।


श्रीओम श्रेष्ठ ‘रोदन’
झम्सिखेल, ललितपुर ।


“आधुनिक नेपाली लघुकथा समूह” सँगको सहकार्यमा प्रत्येक हप्ताको सोमवार लघुकथा प्रकाशित गर्दै आएका छौ।”


यहाँका लेख-रचना हामीलाई ईमेल मार्फत पनि पठाउन सक्नुहुनेछ:
email- lekhapadhee@gmail.com 
visit us: www.lekhapadhee.com

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •