‘डान्सिङ विथ द स्टार्स नेपाल’को उपाधि सुमी मोक्तानले जितिन


[ss_social_share]
लेखक : लेखापढी      ५ पुष २०७७, आईतवार ०३:४८ मा प्रकाशित     
‘डान्सिङ विथ द स्टार्स नेपाल’को उपाधि सुमी मोक्तानले जितिन

काठमाडौैं । ‘Dancing with the Stars Nepal’को उपाधि सुमी मोक्तानले जितेकी छिन् । हिमालय टेलिभिजनबाट प्रशारण भएको ‘डान्सिङ विथ द स्टार्स नेपाल’को उपाधि नायिका समेत रहेकी सुमीले जितेकी हुन् । । उपाधिसँगै उनले नगद २० लाख रुपैयाँ पनि जितेकी छिन् ।

उनलाई  कोरियोग्राफ बिजु पार्कीले गरेका थिए । 

‘डान्सिङ विथ द स्टार्स नेपाल’को फष्ट रनर अप बुद्ध लामा भएका छन् । उनको जोडीका रुपमा बुद्धलाई केविका खत्रीले कोरियोग्राफ गरेकी थिइन् । बुद्ध लामा प्रथम नेपाल आइडलका विजेता पनि हुन् । 

सेकेन्ट रनरअप प्रियाना आचार्य भएकी छिन् । उनलाई सुभम भुजेलले कोरियोग्राफ गरेका थिए ।  

‘डान्सिङ विथ द स्टार्स नेपाल’मा हरि खड्का, प्रशान्त ताम्राकार, ज्योती मगर, उमेर राई, रक्षा श्रेष्ठ, दीपादमन्ता, पूजा ठाकुर, देवासनी वैदावर र सिद्धार्थ श्रेष्ठ तथा श्रृष्ठी केसी सहभागि थिए । 

‘शो’को निर्णायकमा गौरी मल्ल, दिलिप रायमाझी र रेनेशा राई थिए ।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •