संसद् विघटन : उद्योगी व्यवसायीले भने- निजी क्षेत्रलाई निरुत्साही बनाउँछ


[ss_social_share]
लेखक : लेखापढी      ५ पुष २०७७, आईतवार १४:५४ मा प्रकाशित     
संसद् विघटन : उद्योगी व्यवसायीले भने- निजी क्षेत्रलाई निरुत्साही बनाउँछ

काठमाडौं । संसद् विघटन गर्ने प्रधानमन्‍त्री केपी शर्मा ओलीको प्रस्तावले निजी क्षेत्रलाई निरुत्साहित बनाउने उद्योगी व्यवसायीले बताएका छन् ।

नेपाल उद्योग परिसंघका अध्यक्ष शतिसकुमार मोरले संसद् विघटन राजनीतिक कुरा भए पनि यसले नीतिगत अस्थिरता ल्याउने बताए । विगतमा राजनीतिक अस्थिरता हुँदा विदेशी लगानीसहित स्वदेशी लगानीसमेत प्रभावित भएको भन्दै पुनः त्यही अवस्था आउन सक्ने बताए । “हिजो अस्थिर सरकार हुँदा विदेशीसहित स्वदेशी लगानी पनि अगाडि आउन सकेको थिएन । निर्वाचनपछि पाँच वर्षका लागि स्थिर सरकार आयो भनिएको थियो । अब फेरि संसद् विघटनको कुराले अस्थिरता ल्याउँछ ।

उद्योगी पवन गोल्यानले संसद् विघटन कुनै पनि हिसाबले सही नभएको बताए । “कोभिड १९ ले अर्थतन्त्र थलिएको थियो । भी आकारमा अर्थतन्त्रलाई उठाउन कोसिस भइरहेको बेलामा अब अस्थिरता बढ्ने भयो । यो पटक्कै राम्रो होइन,” उनले भने । सरकारको यो कदमले निजी क्षेत्रलाई निरुत्साहित बनाउने उनले बताए । “म आफैंले धागो उद्योग विस्तार गर्न लागेको छु । बैंकबाट ऋणको विषय पनि मिलिसकेको छ । अब देश चुनावमा जाने हो भने वातावरण के हुन्छ ? वातावरण हेरेर मात्रै लगानी थप्ने सोंचमा पुगेको छु । आगामी वातावरणलाई नहेरी कसरी लगानी थप्न सकिन्छ ?” गोल्यानले भने ।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •