स्थानीय पाठ्यक्रम लागु गर्दै नागार्जुन नगरपालिका


[ss_social_share]
लेखक : लेखापढी      ५ पुष २०७७, आईतवार ०३:३९ मा प्रकाशित     
स्थानीय पाठ्यक्रम लागु गर्दै नागार्जुन नगरपालिका

काठमाडौं । नागार्जुन नगरपालिकाले स्थानीय पाठ्यक्रमलाई कार्यान्वयनमा ल्याउने भएको छ । शैक्षिक सत्र २०७८ देखि नगरपालिकाले स्थानीय पाठ्यक्रमलाई लागु गर्ने जनाएको छ ।

स्थानीयस्तरमा रहेका मूल्य-मान्यता, कला-संस्कृतिकको संरक्षण र सम्वर्द्धन गर्ने उद्देश्यले स्थानीय पाठ्यक्रम तयार गरी कार्यान्वयनमा ल्याउने भएको शिक्षा शाखा प्रमुख कृष्णबहादुर कुँवरले बताए ।

१०० पूर्णांकको सो पाठ्यक्रममा स्थानीय संस्कृति, जनजीवन, भूगोल, मौलिक विशेषता, पहिचानलगायतका सम्पूर्ण पक्षलाई समेटेर पुस्तक तयार गरिएको नगरपालिकाले जनाएको छ । उक्त पुस्तकको नाम ‘हाम्रो नागार्जुन’ रहेको छ ।

विद्यालयका शिक्षक, स्थानीय बासिन्दा र जनप्रतिनिधिबीच छलफल तथा सहमति भई राय-सुझावसहित पाठ्यक्रम तयार गरिएको बताइएको छ ।

हरेक सामुदायिक तथा संस्थागत विद्यालयको कक्षा १ देखि ८ सम्म अनिवार्य विषयका रूपमा १०० पूर्णांकको स्थानीय पाठ्यक्रम पढाइ गरिने जनाइएको छ । नगरपालिकामा ५१ संस्थागत र १९ सामुदायिक विद्यालय गरी ७० विद्यालय छन् । -रासस

Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •