प्रचण्ड पछी बादलकहाँ पुगे प्रधानमन्त्री ओली


[ss_social_share]
लेखक : लेखापढी      ४ पुष २०७७, शनिबार १४:४३ मा प्रकाशित     
प्रचण्ड पछी बादलकहाँ पुगे प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासबाट निस्किएपछि गृहमन्त्री रामबहादुर थापा बादलको निवास पुल्चोकमा पुगेका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमार्फत ओली पुल्चोक पुगेको पुष्टि गरेका छन् । थापाले प्रधानमन्त्री ओली नेकपालाई फुटबाट जोगाउन दौडधुपमा रहेको बताए । 

ओली दाहाललाई भेट्न खुमलटार पुगेका थिए । उनी त्यहाँबाट निस्किएर सचिवालय सदस्यसमेत रहेका थापाकहाँ पुगेका हुन् । त्यहाँ उनले अन्य मन्त्रीहरुसँग पनि भेट गरेका थिए |

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •