कोरोना जितेर फर्किदा… : अहिले प्लाज्मा दिन तयार छु


[ss_social_share]
लेखक : लेखापढी      ४ पुष २०७७, शनिबार ०५:४८ मा प्रकाशित     
कोरोना जितेर फर्किदा… : अहिले प्लाज्मा दिन तयार छु

सानो बेलामा गाउघरतिर कसैसंग रिस उठ्यो भने आमा, भाउजुहरुले कसैप्रति धारेहात गरेर त्यसलाई कोर लागोस् वा त्यसका कोरी हात भांचिनलाई भनेर फतफताउंदै गाली गर्या सुन्या थें। अनि फलानोलाई त कोर लागेछ अर्थात फलानो त कोर लागेर मरेछ नि भन्ने पनि गाईंगुईं हल्ला नसुनेको हैन।

बालबालिका, बुढापाकाहरु भएका ठाउमा गएको पनि थिईंन। दशैं, तिहार समेत घरमै सिमित गरेर मनाएका थियौं। यसो गर्दा कतिले हाम्रोमा त कोरोना छ होला नि, त्यसैले ऊ टिका लाउन आएन भनेर व्यंग पनि नहानेका का हुन् र?

मलाई चैं यो सुन्दा के रैछ यो कोर भन्या भनेर बुझ्न खोज्थें तर जवाफमा- यो त पापी मान्छेलाई लाग्छ भनेर अपुष्ट जवाफ पाउंथे। अलि पछि भएपछि चैं यो कोर भन्या चैं कुष्ठरोग रैछ जस्तो लाग्यो आफैंलाई। अहिले त यो कुष्ठरोग पनि निर्मुल भईसकेको छ।

बिगत १ बर्षदेखि बिश्व नै यस्तै नामको कोरोना भाईरस बाट आक्रान्त बनेको छ। नयाँ भाईरसले बिश्वभर तहल्का मच्चाएको छ। यसबाट बिश्व अर्थतन्त्र नै हलचल भएको छ। धेरै देशमा अहिले पनि लकडाउन छ। धेरै ब्यक्तिले यस भाईरसको संक्रमण बाट ज्यान गुमाईसकेका छन्। पर्यटन क्षेत्र र यातायात क्षेत्र यसबाट सबैभन्दा बढी प्रभावित भएको छ। नेपाल पनि यस भाईरसबाट अछुतो रहेको छैन।झण्डै एक बर्ष भईसक्यो नेपाल पनि कोरोना प्रकोपबाट थला परेको। शुरुमा कोरोना आयातित रोग थियो तर अहिले यो समुदाय-स्तरमै फैलिसकेको छ।अर्थतन्त्र नै डामाडोल हुने स्थिति आएपछि बिस्तारै बजारहरु खोल्न थालिएको छ तर स्वास्थ्य मापदण्ड पुरा गरेर।

बैठक बस्दा वा भेटघाटमा भौतिक दुरी कायम गरेकै थिए वा गर्न लाएकै थिए। अरु कसैले स्वास्थ्य मापदण्ड अपनाएन भने उसलाई अपनाउन लगाएकै थिए । बेसार पानी पकाएर संधै आफु पनि खाने र अरुलाई पनि खुवाउने गरेकै थिए। तातोपानी नै पिउने गर्थें र अरुलाई पनि पिउन अनुरोध गर्थें

अझै स्कुल, होटल ब्यबसाय, फिल्महल बन्द छन । बृहत पार्टी सेमिनार गर्न दिईएको छैन। आफु पनि पर्यटन क्षेत्र संग सम्बन्धित भएर काठमाण्डौ नै रहेको थिए । होटल सञ्चालन नभएकाले चैत्र महिना देखि धेरैजसो रामेछाप मै रहे। तर बेला बेलामा काठमाण्डौ आउने-जाने गरेकै थिए ।यसरी ओहोरदोहोर गर्दा पनि स्वास्थ्य मापदण्ड अनुसार सार्वजनिक यातायात प्रयोग गरेको थिईंन। मास्क, सेनिटाईजर को प्रयोग गरेकै थिए । बैठक बस्दा वा भेटघाटमा भौतिक दुरी कायम गरेकै थिए वा गर्न लाएकै थिए। अरु कसैले स्वास्थ्य मापदण्ड अपनाएन भने उसलाई अपनाउन लगाएकै थिए । बेसार पानी पकाएर संधै आफु पनि खाने र अरुलाई पनि खुवाउने गरेकै थिए। तातोपानी नै पिउने गर्थें र अरुलाई पनि पिउन अनुरोध गर्थें।साबुनपानीले हात धोएकै थिए । बालबालिका, बुढापाकाहरु भएका ठाउमा गएको पनि थिईंन। दशैं, तिहार समेत घरमै सिमित गरेर मनाएका थियौं। यसो गर्दा कतिले हाम्रोमा त कोरोना छ होला नि, त्यसैले ऊ टिका लाउन आएन भनेर व्यंग पनि नहानेका का हुन् र?  मैले सहजै भन्दिन्थें म संग भएको सर्छ भनेर पो नआएको त आफु त हिंडिरहने मान्छे अनि सरकारको अनुरोध पनि त मान्न पर्यो नि हैन र ? यस्तै गफगाफमा कैलेकाही भन्ने पनि गर्थें भगवानको कानमा नपरोस गत चैत्र देखि आज सम्म रुघा पनि लाको छैन।

भगवानकै कानमा परेछ कि क्या हो वा मैले स्वास्थ्य मापदण्ड अपनाउनु पर्छ भनेर सम्झाएकाहरुले रिसले यसलाई कोर लागोस् भनेर श्राप दिएका पो थिए कि ? गत १० गते घरबाट काठमाण्डौं आएको ११ गते राती देखि ज्यानमा अलि असहज महशुश भय‍ो, अलिअलि ज्वरो पनि आयो, रातभरि निन्द्रा पनि परेन। अनि बिहान भएपछि भाईलाई म छुट्टै खान्छु भनि त्यही दिन देखि एक्लै रुम मै बसें। खासै ज्वरो पनि आको थिएन, ९९.५ तापक्रम थियो, त्यो पनि राती मात्र आउथ्यो। टाउको दुखेजस्तो भाथ्यो, ज्यान पनि खासै दुखेको थिएन। सिटामोल खादा त्यो पनि सामन्य नै थियो।

अरुलाई सम्झाउदा जति सजिलो लाग्थ्यो नि आफैलाई पर्दा आत्मवल बढाउन धेरै गार्हो पर्दो रहेछ। आखा अगाडि जतिवेला पनि छोराछोरी, बुढी, आमा-बुबा, भाई-बहिनि सबै घुमिरहने। रुन मन लाग्ने।कथंकदाचित केही भैहाल्यो भने....

नि:शुल्क कोरोना टेष्ट महानगरले वडा वडामा गर्छ भनेर सुनेको थिए तर  मा बस्ने ३१ नं वडामा मैले भेटिन अर्थात त्यहाँ रहेको पाईएन। टेष्ट नगराउंदा एक्लै बसेर खानपर्ने भेटघाट पनि गर्न नपाईने भईयो । त्यसैले के रहेछ त भनेर घरपरिवारको आग्रहमा १४ गते कान्तिपुर हस्पिटल गएर पिसिआर टेष्ट गराए २००० तिरेर। त्यहा पनि बिदेश जानेकि यहीं बस्ने भनेर जाच गराउदो रहेछ। सबै हस्पिटलमा यस्तै त होला भन्ने लाग्यो। अनि स्वास्थ्यमा पनि विभेद पो छ कि भन्ने शंका लाग्यो। बिदेश जानेको अर्कै किट अनि नेपाल बस्नेको अर्कै किट हुने रहेछ जस्तो लाग्यो, होइन भने  स्वास्थ्य जाचमा विदेश र स्वदेश भनी किन प्रश्न ?

स्वास्थ्यमा पनि विभेद पो छ कि भन्ने शंका लाग्यो। बिदेश जानेको अर्कै किट अनि नेपाल बस्नेको अर्कै किट हुने रहेछ जस्तो लाग्यो, होइन भने  स्वास्थ्य जाचमा विदेश र स्वदेश भनी किन प्रश्न ?

१ बजेतिर टेष्ट गर्न स्वाव दिंदा मलाई स्वाव निकालेको अनुभव नै भएन र ब्यक्तिगत रुपमा यो टेष्ट गर्ने तरिका मन नै पर्या थिएन। स्वाव नै राम्रोसंग निकाल्या छैन के सहि रिपोर्ट आउला र भन्ने लाग्याथ्यो तर ५:३० तिर त म्यासेज आयो पोजेटिभ भनेर त्यसमा पनि भ्यालु १५ अर्थात् अरुलाई सार्न सक्ने संभावना बढी छ। धन्य ३ दिन अघिदेखि नै म छुट्टै बसिसकेको थिए।

जब कोभिड-१९ देखियो, उक्त समय मेरो लागि उपयुक्त समय थियो जस्तो लाग्छ किनकि यो समयमा सबैले यसलाई सहज रुपमा स्विकार्ने भईसकेका थिए किनकि जति अपहेलना,  दुख पाउने ले त पहिले नै पाईसकेका थिए। नर्सलाई घरबेटीले बस्न नदिने देखि लिएर कोरोना लागेकालाई परिवार तथा समाजबाट बहिस्कार गर्ने जस्ता घटना पैले नि घटेका थिए। यसकारण पनि म भाग्यमानी थिए। फेरी आफु नेतृत्व तहमा बसेर काम गरेको मान्छे अरुलाई सम्झाउदा जति सजिलो लाग्थ्यो नि आफैलाई पर्दा आत्मवल बढाउन धेरै गार्हो पर्दो रहेछ। आँखा अगाडि जतिबेला पनि छोराछोरी, बुढी, आमा-बुबा, भाई-बहिनि सबै घुमिरहने। रुन मन लाग्ने।कथंकदाचित केही भैहाल्यो भने….? आदि… आदि

यसै क्रममा ४ दिन बित्यो , ४ दिन पछि त खाना ल्याएर दिने भान्जोलाई समेत ज्वरो आउदा झन् चिन्ता बढ्यो, त्यसपछि उसलाई समेत संगै राखेर आफैले खाना बनाउने भान्जालाई खुवाउने अनि आफु पनि खाने गर्न लागे । भान्जालाई त ज्वरो पनि १०४ सम्म आयो, लगातार ३ दिन ज्वरो र टाउको दुख्ने भएपछि उसलाई हरायो तर भिटामिन खाने देखि लिएर सबै तातो चिजहरु भान्जालाइ पनि सेवन गर्न लगाए।समय-समयमा अक्सिजनको लेवल नाप्ने गरिन्थ्यो तर ठिकैथ्यो। यस बिचमा कोभिड भईसकेकाहरुबाट पनि समाधानका  अनेक उपायहरु लिईयो। जनस्वास्थ्य कार्यालय टेकुले पनि बेला-बेला स्वास्थ्य अबस्थावारे बुझ्न फोन गररिरहन्थ्यो, टेकु कार्यालयलाई सबै कुरा जानकारी गराउथे। यसको लागि म सरकारलाई धन्यबाद दिन चाहान्छु।

१० दिन लगातार सिन्टम नदेखेपछि क्वारिनटिनबाट निस्कदा हुन्छ भने पनि १५ दिन पछि मात्र कोरोना टेष्ट गरेर निस्कने अठोटका साथ म केएमसी हस्पिटल सिनामंगल मा स्वाव जाच गराए किनभने कान्तिपुरको खोई किन हो बिश्वास नै लागेन।  केएमसी हस्पिटलमा पनि स्वदेशमा बस्ने कि बिदेशका लागि भनेर सोध्ने रहेछ। तर रिपोर्ट नेगेटिभ नै आउछ भन्ने ग्यारेण्टी थिएन। मुटु ढुकढुक भईरह्यो, जतिबेला पनि मोवाईलमा म्यासेज आयो कि भनेर हेर्थें तर आउदैनथ्यो। अनि धेरै साथीहरुको दोस्रो पटक पनि पोजेटिभ आको सुन्दा झसंग हुन्थें। मेरो नि त्यस्तै हुने हो कि ? तर मानसिक रुपमा म तयार भैसकेको थिए। अब रिपोर्ट जे आए नि बाहिर निस्कन्छु भनेर। तर भोलिपल्ट रिपोर्ट लिन भान्जालाई पठाए । रिपोर्ट नेगेटिभ आएछ।भान्जालाई पनि पुर्ण रुपमा ठिक छ।

त्यसैले सबैलाई अनुरोध गर्छु स्वास्थ्य मापदण्ड अपनाउन नछोडौं, मनोवल उच्च राखौं, कोभिड देखिंदैमा आत्तिनु, हतास हुनु हुदैन । स्वासप्रश्वासमा समस्या आएन भने यसलाई सजिलै जितिन्छ। लक्षण सबैको एकैखाले नहुने रैछ। मान्छे पिच्छे फरक फरक। यो पापी कोर(कोरोना), कोभिड-१९ ले धनि- गरिब भनेर छोड्दैन। यसैले यसलाई भन्दा पनि समयलाई दोष दिऔ। हरेक अन्धकार रात काटेपछि मात्रै उज्यालो बिहानी आउछ भन्ने उक्तिलाई आत्मसाथ गर्दै फेरी पनि पुराना दिनहरु जस्तै वातावरण सहज हुनेछ भन्ने आशा एबं बिश्वासका साथ कोभिड-१९ लाई जितेर पुरानै लयमा फर्केको छु। सचेत र सुरक्षित रहन म सबैलाई अनुरोध गर्दछु। अन्य बिमारी जस्तै सामान्य रुपले धैर्य भएर स्वास्थ्यमा ध्यान दिन सके कोरोना कुनै महामारी 

यसबिचमा मेरो स्वास्थ्य लगायत सबै कुरामा ध्यान राख्ने  मेरो सहोदर भाईलाई बिशेष धन्यबाद् ब्यक्त गर्दछु। साहानुभुति राख्नुहुने सबैप्रति आभारी छु। फेरी पनि कोभिड नहोला भन्ने छैन तर मैले संसार जितेको अनुभव गरेको छु। पसिना निकालेर काम गर्नेहरुलाई सायद कोरोनाले छुन सक्दैन जस्तो लाग्यो मलाई त !बेला बेलामा गफ लाउन त पाईएला नि मैले पनि कोरोना लाई जित्या हुम भनेर…प्लाज्मा दिन योग्य भए र आबश्यक परेमा म दिन तयार छु। धन्यबाद !


तीर्थ सुबेदी
मन्थली नगरपालिका-१, रामेछाप
हाल:शान्तिनगर, काठमाण्डौ

Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •