बि.ए. एल.एल.बि को प्रबेश परिक्षा तयारिको लागि (BASIC LAW) नामक पुस्तक बजारमा


[ss_social_share]
लेखक : लेखापढी      २ पुष २०७७, बिहीबार ०४:५२ मा प्रकाशित     
बि.ए. एल.एल.बि को प्रबेश परिक्षा तयारिको लागि (BASIC LAW) नामक पुस्तक बजारमा

पोखरा – कक्षा १२ (+२) को अध्ययन पश्चात धेरै बिधार्थिहरुको कानुन पढ्ने सोच हुन्छ ।  हाल बजारमा धेरै प्रकारका पाठ्यसामाग्री वा प्रबेशिका तयारि पुस्तक उपलब्ध भएका छन् ।

ति मध्ये केहि दिन अघि मात्र सार्बजनिक भएर बजारमा आएको नयाँ पाठ्य सामाग्री तथा नयाँ बिषयबस्तु समाबेश गरिएको पुस्तक (BASIC LAW) अत्यधिक चर्चामा रहेको छ ।

बि.ए. एलएल.बि को प्रबेश परिक्षा तयारिको यो पुस्तकका एक लेखक खगेश चन्द  लेखापढी डट कम लाई भन्नुहुन्छ- ”यो पुस्तकले पक्कै  पनि बिधार्थिहरुलाई प्रवेश परिक्षा उत्तीर्ण गर्न निकै मदत गर्नेछ र त्रि.बि मा  कानुन पढने सपना साकार पार्नेछ। अहिले बि ए एल एल बि को प्रवेश परिक्षामा बिद्यार्थीहरु माझ निकै प्रतिस्पर्धात्मक भैरहेको कारण राम्रो अङ्क ल्याएर आफ्नो सिट सुरक्षीत गर्न यो पुस्तक निकै लाभदायिक हुनेछ साथै यो पुस्तकमा समान्य र सरल भाषा शैलिको प्रयोग गरिएको छ, जसको कारण बिद्यार्थीहरुलाई अध्ययन गर्न एकदमै सजिलो हुनेछ ।

लेखक चन्दका अनुसार- उक्त पुस्तकमा विषयगत एकाईहरु अनि सिर्जनात्मक लेखाईहरुका साथै गत बर्षको त्रि.बिको प्रबेश परिक्षाको प्रश्नपत्र साथै त्रि.बिका ३वटा कलेजकै २/२ जना उत्कृस्ट बिद्यार्थी द्दारा प्रश्न पत्र समाधान पनि राखिएको छ । 

हाल पुस्तक (BASIC LAW) बुटवल, काठमाण्डौ र पोखरा बजारका पुस्तक पसलमा उपलब्ध भैसकेको छ जानकारी दिनुभएको छ। 

100% LikesVS
0% Dislikes
Spread the love !
  • 1.3K
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1.3K
    Shares