काठमाडौं । ओलम्पिक काउन्सिल अफ एसियाको साधारणसभाले मतदानमार्फत सन् २०३० को एसियन गेम्सको आयोजना कतारमा गर्ने निर्णय गरेको छ ।
सन् २०३० मा हुने एसियन गेम्सको आयोजना कतारले गर्ने जिम्मेवारी पाएको हो । सन् २०३४ को एसियन गेम्स भने साउदी अरबले आयोजना गर्ने भएको छ ।
साउदी अरबले पनि सन् २०३० को एसियन गेम्सको आयोजनाका लागि आफ्नो दाबेदारी प्रस्तुत गरेको थियो । एसियन ओलम्पिक परिषद् (ओसीए) को साधारणसभाले कतारलाई मतदानमार्फत आयोजनाको जिम्मेवारी दिएको हो |