सन्ध्या


[ss_social_share]
लेखक : लेखापढी      १ पुष २०७७, बुधबार ०१:४४ मा प्रकाशित     
सन्ध्या

प्रकृतिको अनुपम उपहार हौ तिमी।
वसन्तको रमणीय वहार हौ तिमी।।
तिम्रो सुन्दरताको वर्णन गर्न सकिन्न।
शब्द धेरै छन तर चयन  गर्न सकिन्न।।
तिम्रो मन छ एक दमै सफा र निश्चल।
जस्तो छ यस ब्रह्माण्डमा चारैतिर जल।।
सबैलाई गर्छौ तिमी सधैँ समान व्यवहार।
तिमीलाई हेरेर हुन्छ समय सजिलै पार।।
जन्तु , वनस्पति सबै आनन्द उठाउँछन।
जब सूर्यलाई ढाक्दै तिम्रो शितलता आउँछन।।
पालुवाहरु तिम्रो आगमन सँगै गाउँछन गित।
पवनले पनि त्यो गितमा भर्ने गर्छ सङ्गित।।
अनुहारमा छ तिम्रो एक अजिब चमक।
तिम्रो शितलतामा छ एक अर्कै दमक।।
जब-जब आभास हुन्छ तिम्रो आगमन।

सबै जीवजन्तुको मन हुन्छ खुशीले मगन।।


रबिन्द्र प्रसाद साह
कलैया उपमहानगरपालिका वडा नं. – ६ ( पर्सा टोल ) , बारा 
राम राजा ( मो. वि. शाह ) बहुमुखी क्याम्पस 

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •