स्व. राजा महेंद्र जयन्ति मनाउदै रास्ट्रिय सरोकार मंचले संबिधान जलायो


[ss_social_share]
लेखक : लेखापढी      १ पुष २०७७, बुधबार १४:४७ मा प्रकाशित     
स्व. राजा महेंद्र जयन्ति मनाउदै रास्ट्रिय सरोकार मंचले संबिधान जलायो

काठमाडौँ- पौष १ गते आज  स्व. राजा महेन्द्र बि बि शाहको १०० औं जयन्ति देशभर विभिन्न संघ संस्था एबं नागरिक समाजले मनाउदै छ । 

राजधानी काठमाडौँ समेत विभिन्न रास्ट्रबादी, राजसंस्था समर्थक एबं नागरिक समाजहरुले स्वस्फुर्त रुपमा विभिन्न कार्यक्रम गइमाउदै आएको छ । 

स्व. राजा महेन्द्र जयन्तिको अबसरमा आज दिउसो राजा महेन्द्र शालिक नजिक बृहत कार्यक्रम गर्दै राजसंस्थाको महत्व बारे प्रकास पार्दै रास्ट्रिय सरोकार मंच नेपालका अध्यक्ष सोम बिक्रम सिंहले अझै पनि देशमा राजसंस्थाको आबस्यकता रहेको र अत्यधिक जनताले राजा खोजेको भन्दै जनतालाई झुक्याएर ल्याइएको सम्बिधानको औचित्य नरहेको भन्दै नेपालको संबिधान २०७२ लाई जलाइएको छ ।

राजधानी लगाएत देशका अन्य शहरहरुमा राजा महेन्द्र शाह दिवस मानिएको छ । राष्ट्रिय सरोकार मंच नेपाल नारायणीले बीरगंजको नगरसभा गृहमा रहेको स्वर्गीय राजा महेन्द्र शाह शालिकमा माल्यार्पण कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रका प्रमुख अतिथी समाजसेबी उषा शाहले स्वर्गीय राजा महेन्द्र शाहको शालिकमा माल्यार्पण गर्दै वहाँको जिवनीका बारेमा चर्चा गर्नु भएको थियो । उहाले २०१७ सालमा स्वर्गीय राजा महेन्द्रले चालेको कदम जस्तै पुर्व राजा ज्ञानेन्द्र शाहले कदम नचालेसम्म देश र जनताले शान्ति सुरक्षा प्रत्याभुति गर्न नसक्ने बताउनु भयो ।

उक्त बृहत कार्यक्रममा हजारौ समर्थकहरुले गणतन्त्र मुर्दाबाद, राजसंस्था जिन्दाबादको नारा लगाएको बारे  अभियन्ता बिनय गौतमले जानकारी गराउनु भएको छ साथै आगामी कार्यक्रम अझै ससक्त हुने समेत लेखापढीलाई जानकारी गराउनु भएको छ ।  

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •