सहरी विकास मन्त्रीको दुईमहिने प्रगति– प्रधानमन्त्री निवासमा हेलिप्याड बनाएँ


[ss_social_share]
लेखक : लेखापढी      ३० मंसिर २०७७, मंगलवार २०:१४ मा प्रकाशित     
सहरी विकास मन्त्रीको दुईमहिने प्रगति– प्रधानमन्त्री निवासमा हेलिप्याड बनाएँ

काठमाडौं । सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले आफू मन्त्री भएर आउनुभन्दा अघि र हालको योजनालाई व्यवस्थित बनाएर लैजाने बताएका छन् ।  मन्त्रालयमा कार्यभार सम्हालेको दुई महिनाको समीक्षा गर्दै उनले अबको आफ्नो काम विकास निर्माणमा मात्र केन्द्रित रहने दाबी गरे ।
मन्त्री श्रेष्ठले विकास निर्माणको कार्यलाई नमुनाको रुपमा अघि बढाउने दाबी गरेका छन् । 

मन्त्रीको कार्यभार सम्हालेपछि आफूले अनुगमन गरेका सबै विकास निर्माणका काम तोकिएकै समयमा सम्पन्न हुने उनको जिकिर छ ।

उनका अनुसार माघ मसान्तसम्ममा गोदावरीको सभाहल निर्माण सम्पन्न हुनेछ भने धोविखोला करिडोरमा बिजुलीबजारको पुलको अन्डरपास तयार भएर करिडोर पूर्णरुपमा सञ्चालनमा आउनेछ । सो अवसरमा मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले मन्त्रालयले जारी गरेको १८ बुँदे कार्ययोजना तथा भावी कार्यक्रमलाई लागु गराएरै छाड्ने प्रतिवद्धता गरे ।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •