नेपाल सेफ सोसाइटी युएई द्वारा खुल्लामंचमा खाद्यान्न साथै अति आबश्यक सामाग्री सहयोग


[ss_social_share]
लेखक : लेखापढी      ३० मंसिर २०७७, मंगलवार ०२:१० मा प्रकाशित     
नेपाल सेफ सोसाइटी युएई द्वारा खुल्लामंचमा खाद्यान्न साथै अति आबश्यक सामाग्री सहयोग
काठमाडौँ – नेपाल सेफ सोसाइटी NCS UAE ले सोमबार काठमाडौँ खुल्लामंचमा नि:शुल्क खाद्यान्न सहयोग गरेको छ ।

Image may contain: one or more people, child, outdoor and closeupयुएई संस्थाका अध्यक्ष श्याम अमागाईको बिशेष पहलमा युएई केन्द्रिय कोषाध्यक्ष राजकुमार गिरिले नेपाल सेफ असोसिएसनका केन्द्रिय उपाध्यक्ष शिबहरि घिमिरेलाई काठमाडौँ खुल्लामंचमा खाद्यान्न तथा अति आबश्यक सामाग्री  हस्तान्तरण गर्नुभएको थियो ।
Image may contain: 1 person, eating, sitting, child, outdoor and food
 
कोभिड-१९ का कारण बाध्यात्मक लकडाउनले दैनिक मजदुरि गरि परिवार पाल्ने अति बिपन्न वर्ग, सडक बालबालिका र सर्बसाधारण जनतालाई काठमाडौँ खुल्लामंचमा बिभिन्न मनकारी व्यक्ति, सामाजिक संघ-संस्थाहरुले दिनहु नि:शुल्क भोजनको आयोजना गर्दै आएको थियो ।
 
नेपाल सेफ सोसाइटी NCS UAE ले नेपाली खानाको बिस्वभर प्रचार-प्रसार साथै गरिब, असहाय , बिपन्न परिवारहरुलाई विभिन्न सहयोजा गर्दै आएको छ ।
प्राकृतिक प्रकोप दैब्री प्रकोप तथा अन्य संकट परेको बेलामा सदैब अग्रस्थानमा उभिएर बिगतमा समेत मानबिय सहायता, सामाजिक कार्यमा सहयोग गर्दै आएको देखिन्छ ।
 
नेपाल सेफ सोसाइटी युएईले लकडाउन समयमा युएइमा रहेका नेपालीहरुलाई समेत आबश्यक सहयोग पुर्याउदै एक उदाहरणीय कार्य गरेको थियो ।
उदेश्य ले यस्तो यक संकट पुर्न स्थितिमा सडक मै पुगेर सर्बसाधरन जनतालाई निसुल्क भोजन कार्यक्रम मा आफै सरिक भयर नेपाल सेफ सोसाइटी NCSUAE को टिम ले केही खाद्यान्न लगायत अति आवश्यक सामान नेपाल सेफ यसोसियसन का उपाध्यक्ष शिव हरि घिमिरे लगायत को टिमलाई हस्तान्तरण गर्नुहुदै केन्द्रिय कोष अध्यक्ष राजकुमार गिरि को उपस्थितिमा।
 
नेपाल सेफ सोसाइटी युएईका केन्द्रिय अध्यक्षका भन्नुहुन्छ- हाम्रो सानो सहयोगले कसैले एक गाँस खान पाउछ भने हामी सदैब सहयोगका लागि तत्पर छौ, कृपया मानबता बचाउने अभियानमा जुट्नु आजको आवश्यकता हो। आफू बाचौ र अरुलाइ बचाउ सेवा नै धर्म हो, एक थुकी सुकि, सयौं थुके नदि  भन्ने उखानलाई सार्थक पार्दै हामी खाना बनाउने भान्से मात्र नभई देश को एक गतिशील सामाजिक खम्बा हौं । मानवता बचाउने सबालमा सदैब एक भयर अग्रमोर्चामा रहने छौं ।उहा भन्नुहुन्छ नेपाल सेफ सोसाइटी युएई टिम सदैब देश र जनताको दु:खद घडी अनि रोदनमा मलम पट्टि बन्दै आएको छ र सदैब आउनेछ। 
(समाचार सामग्रीका लागि नेपाल सेफ सोसाइटीका युवा संयोजक दिपक कार्कीमा हार्दिक धन्यवाद)
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •