सफल जीवन


[ss_social_share]
लेखक : लेखापढी      २९ मंसिर २०७७, सोमबार ०७:४६ मा प्रकाशित     
सफल जीवन

“ओई गोलु के छ तिम्रो हालखबर ? अचेल त जे सोधे पनि मकैका फुला पड्के झैँ पड्किन्छ्यौ अनि त्यस्तै गरि फुल्छ्यौ। सञ्चो छैन कि ? कि प्रेसर हाई भयो ? हाई भएको भए करेला खाऊ।” बच्चै देखिको साथी बच्चुरामले कहिलेकाहीं बाटोमा भेट हुँदा पनि मायालु पारामा जिस्काउने गर्थ्यो ।

बच्चुरामका यस्ता कुरा सुनेर चञ्चलीमाया झन् रिसले आगो भईन्। अनि भनिन् –“पहिला मह जस्ता गुलीया कुरा गरेर सुगर बढाईदियौ । प्रेमका कुरा गरेर प्रेसर बढाईदियौ । फेरि अचेल करेला जस्ता तिता कुरा गर्न थालेका छौ । किन खानुपर्‍यो र करेला किनेर?  सित्तैमा पाएकी छु त ! “

हाम्रो जीवनले नयाँ मोड लिईसकेको छ। पुरानो कुरा भुलेर नयाँ संसारमा रमाउन सिक्नुपर्छ । यहि त जीवनका परीक्षा हुन्।

बच्चुरामले चञ्चलीमायाका कुरा दङ्ग परेर सुन्यो । अनि सम्झाउँदै भन्यो –“हेर गोलु हामी केवल साथी हौँ । बच्चै देखिका साथी। पढ्ने बेलामा तिमीले नजानेको कुरा सिकाईदिने साथी । संगै मर्ने बाँच्ने कसम खाएपनि भाग्यले हामीलाई साथ दिएन। तिम्रो बिहे अर्कैसित भयो, मेरो अर्कैसित । त्यतिबेलाका रमाईला कुरा सम्झेर मन नै आनन्दित हुन्छ। फेरि परिस्थिति सामना गर्न नसकेर बिछोडियौं दुःख महशुस हुन्छ। तिनै कुरा सम्झेर नरिसाउ न । हाम्रो जीवनले नयाँ मोड लिईसकेको छ। पुरानो कुरा भुलेर नयाँ संसारमा रमाउन सिक्नुपर्छ । यहि त जीवनका परीक्षा हुन्। “

सफल जीवनको लागि अनावश्यक काँडा पन्छाउन जरुरी छ ।” 

बच्चुरामले बुझाएपछि चञ्चलाले बुझिछन् क्यारे अनि त जवाफ दिईन् –“ल ल भैगो बच्चु ! अब आउने जीवनका हरेक परीक्षा म आफैले पढेर दिन्छु ।अब तिमी फेरि मास्टर बनेर सिकाउने कोशिश नगर ! नत्र म फेरि असफल हुनेछु ।
सफल जीवनको लागि अनावश्यक काँडा पन्छाउन जरुरी छ ।” 


रचना शर्मा
भरतपुर महानगरपालिका –
३ नारायणगढ, चितवन


“आधुनिक नेपाली लघुकथा समूह”सँगको सहकार्यमा प्रत्येक हप्ताको सोमवार लघुकथा प्रकाशित गर्दै आएका छौ।”
यहाँका लेख-रचना हामीलाई ईमेल मार्फत पनि पठाउन सक्नुहुनेछ:
                    email- lekhapadhee@gmail.com 
                      visit us: www.lekhapadhee.com

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •