अवैध यार्सागुम्बा सहित चारजना पक्राउ


[ss_social_share]
लेखक : लेखापढी      २८ मंसिर २०७७, आईतवार १४:३० मा प्रकाशित     
अवैध यार्सागुम्बा सहित चारजना पक्राउ

काठमाडौं। काठमाडौंको गोकर्णेश्वर नगरपालिका ६ नारायणटारबाट ४६८ ग्रामअवैध यार्सागुम्बासहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमाकाठमाडौं सुकेधारा बस्ने सुर्खेत बराहातालगाउँपालिका५ का ५५ वर्षीय शेर बहादुर थापा, संखुवासभा चैनपुर नगरपालिका २ का २२ वर्षीय हिमाल गुरुङ, सिन्धुली दुधौली नगरपालिका ६ का २४ वर्षीय बिशाल परियार र रामेछाप हिमगंगा गाउँपालिका ७ का ५९ वर्षीय सुनिलतामाङ छन् । 

महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले बिशाल र सुनिललाई जाँचगर्दा उनीहरुको साथबाट १२ पीस यार्सागुम्बाजस्तो देखिने वस्तु फेलापारी नियन्त्रणमा लिएको थियो । थप अनुसन्धानको क्रममा उनीहरुलाई उक्तवस्तु शेर बहादुरले दिएको बताएपछि महानगरीय प्रहरी वृत्त महाराजगंजको समन्वयमा शेर बहादुरको कोठामा लुकाई राखेको अवस्थामा उक्त वस्तु फेलापारी प्रहरीले शेर बहादुर समेतलाई पक्राउ गरेको हो । शेर बहादुरलाई यार्सागुम्बा दिने हिमाललाई काठमाडौं महानगरपालिका४ सुकेधारामा फेलापारी प्रहरीले पक्राउ गरेको हो ।  

आवश्यक अनुसन्धानका लागि उनीहरुलाई वनकार्यालय हात्तिसार पठाइएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •