‘राजा आऊ’ भन्दै ललितपुरमा विशाल प्रदर्शन गर्दै राप्रपा


[ss_social_share]
लेखक : लेखापढी      २७ मंसिर २०७७, शनिबार १४:१० मा प्रकाशित     
‘राजा आऊ’ भन्दै ललितपुरमा विशाल प्रदर्शन गर्दै राप्रपा

ललितपुरमा राजसंस्था पक्षधरहरूले विशाल मोटरसाइकल र्‍याली निकालेका छन्।
शनिबार राजसंस्थाको पक्षमा नारा लगाउँदै निस्केको र्‍यालीलाई राप्रपाले नेतृत्व गरेको थियो। 

र्‍यालीमा सहभागीले राजा चाहियो, गणतन्त्र मुर्दावाद, राजसंस्था जिन्दावाद भन्दै नारा लगाएका थिए। र्‍याली राप्रपा केन्द्रीय सदस्य निरञ्जन थापाले र्‍यालीको नेतृत्व गरेका थिए। 

थापाका अनुसार र्‍याली सातदोबाटोस्थित एन्फा एकेडेमीबाट निस्केको थियो। र्‍याली कुपण्डोल, सानेपा, लगनखेल हुँदै जावालाखेल पुगेर टुंगिएको थियो। जुलुशमा सहभागीले जावलाखेलस्थित स्व. राजा वीरेन्द्रको शालिक परिक्रमा गरी पुरानो राष्ट्रिय गीत बजाएका थिए। 

मोटरसाइकलमा रहेकाहरूले राष्ट्रिय झन्डा बोकेका थिए। र्‍यालीमा बहुसंख्यक युवा सहभागी थिए।विगत केही समययता देशका विभिन्न ठाउँमा राजसंस्थाको पक्षमा आन्दोलनहरू भइरहेका छन्।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •