राष्ट्रबादी अभियान तनहुँले शुक्रबार राजसंस्था सहितको हिन्दु रास्ट्रको माग गर्दै बिशाल जनप्रदर्शन


[ss_social_share]
लेखक : लेखापढी      २७ मंसिर २०७७, शनिबार ०६:०७ मा प्रकाशित     
राष्ट्रबादी अभियान तनहुँले शुक्रबार राजसंस्था सहितको हिन्दु रास्ट्रको माग गर्दै बिशाल जनप्रदर्शन

काठमाडौं। तनहुँमा हिन्दु राष्ट्र र राजसंस्थाको माग गर्दै ‘राष्ट्रवादी अभियान’ तनहुँद्वारा जनप्रदर्शन गरिएको थियो। युबाहरु अन्सन चौराहामा जम्मा भइ दमौली बजार परिक्रमा गरि कोण सभामा परिणत भएको थियो। 

राष्ट्रबादी अभियान तनहुँका जिल्ला संयोजक साफिक मियाले धर्मको रक्षा गर्दै राष्ट्र र राष्ट्रियता बचाउन अब युबाहरु नेतृत्वमा आउनु पर्ने, जसको लागि देशमा राजसंस्था, राजमुकुटको अपरिहार्यतालाई सबैले एकपटक मनन् गर्नुपर्ने बताएका छन्।


देशैभर राजसंस्था र हिन्दू राज्यका पक्षमा भैरहेका प्रदर्शनको शिलशिलामा शुक्रवार तनहुँको दमौलीका युवाले मोटरसाईकल ¥यालीका साथ देशमा राजसंस्था सहितको हिन्दु रास्ट्र पुनःस्थापनाको अव्हान गरेका थिए । विशाल र्यालीले  तनहुँको दमौली, डुम्रे, थर्पु, दुलेगौंडा लगायतका सहरका भित्री गल्लीहरूमा समेत शसक्त प्रदर्रशन गरेको थियो ।  लभगभ सबै जसो सहभागि तथा गाउँ गाउँबाट र्यालीमा भाग लिन धाएर  आएका सबै युवाले नेपालको झण्डा बोकेका थिए । 

उक्त प्रदर्शनमा राष्ट्रिय सरोकार मन्च, राप्रपा जिल्ला तनहुँ लगायतका विभिन्न संघ-संस्थाहरुको सहभागिता रहेको राष्ट्रिय सरोकार मन्चका अभियान्ता बिनय गौतमले जानकारि गराएका छन्।

देशको वर्तमान राजनैतिक अवस्थाले जनतामा निराशा छाएको र विकल्पको रुपमा राजसंस्था पुनरस्थापना हुनुपर्ने भन्दै पछिल्लो समय देशैभर राजसंस्थाका पक्षमा विभिन्न प्रदर्शनहरु भइरहेका छन्।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •