रचना तामांगको गजल


[ss_social_share]
लेखक : लेखापढी      २७ मंसिर २०७७, शनिबार ०४:५७ मा प्रकाशित     
रचना तामांगको गजल

चोट छ मनमा, देखाउन मन लाग्छ !
आशु छ आँखामा छचल्किन खोज्छ !!
मनको पिडा बुझिदिने छैन कोही यहाँ,
पस्चातापको भुमरिमा आत्मा दु:खिरहन्छ !!

भक्कानिएको छ मन, चिच्याउन खोज्छ !
सम्झिएर बिगत जिउनु बेकार लाग्छ !!
हासो-खुशी, उत्साह चुडि लग्यो सपना यहाँ,
कुन जुनिको पिडा दैब, भनीदेउ कैले सकिन्छ !!

तन-मन तिमी संगै, माया अझै लाग्छ !
नजिकै छौ र पनि टाढा झै नजर देख्छ!!
माया मनमा प्रगाढ, मुटु धड्कन तिम्रै नाम,
दबाए मुटुभरी पिडा र पनि आँखा छचल्किन्छ!!


रचना तामांग 
काठमाडौँ 
(
सुन्दर साहित्यिक गजलका  लागि रचना  तामांग  ज्युलाई  हार्दिक धन्यबाद ब्यक्त गर्दै निरन्तरताको कामना गर्दछौ – lekhapadhee.com / lekhapadhee magazine)


यहाँहरुका लेख-रचना हामीलाई ईमेल मार्फत पठाउन सक्नुहुनेछ:
Email- lekhapadhee@gmail.com 
  visit us: www.lekhapadhee.com

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •