अस्तित्व


[ss_social_share]
लेखक : लेखापढी      २७ मंसिर २०७७, शनिबार ०५:५२ मा प्रकाशित     
अस्तित्व
मलाई थाहा छ
त्यो फुल हो, त्यो काँडा हो
तर,
उसले काँडालाई फुल भन्छ
फुललाई काँडा भन्छ ।
मैंले नकार्न सकिन,
मैंले पनि हो भन्नै पर्ने हो,
नत्र त,
फुललाई कोपिलामै निमोठेर
झारी दिन्छ,
काँडाले ठाउँ ठाउँ घोचेर
पछारी दिन्छ ।
फुल झरेर उसको
चरणको स्पर्श गर्नुपर्ने,
काँडा बोकेर उसको पछि पछि
अरूलाई घोच्न हिँड्नुपर्ने ।
फुल र काँडा नै नचिन्ने ले
अरूलाई झन् के चिन्ने हो र ?
बरु,
काँडाले झरेर उसको
चरणकाे स्पर्श गरे,
फुल बोकेर उसको पछि पछि
अरूलाई ब्युझाउन हिड्नु पर्ने भए,
निस्फिक्री,
निसन्देह,
निरन्तर,
उसकै पछि दौडी रहन्थे
मेरो अस्तित्व बचाउन ।


अंकुर चन्द 
बेदकोट नगरपालिका 
सुदुरपस्चिम


हजुरहरुका लेख-रचना हामीलाई ईमेल मार्फत पठाउन सक्नुहुनेछ:
email- lekhapadhee@gmail.com 
visit us: www.lekhapadhee.com

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •