काठमाडौँ – देश-बिदेशमा रहेका बिभिन्न क्षेत्रका व्यक्तित्वहरुसंग प्रत्यक्ष संबाद कार्यक्रमको सुरुवात गरिएको छ ।
देश तथा बिदेशमा रही संघर्षरत वा व्यावसायिक सफलता हासिल गरेका विभिन्न युवाहरुको कथालाई संवादको माध्यम द्वारा प्रेरणादायी साथै नयाँ युवा पुस्ताको लागि मार्गदर्शक कार्यक्रमको थालनी गरिएको जानकारी गराउदछौ ।
उक्त कार्यक्रमको प्रस्तोता तथा कार्यक्रम संचालनमा अच्युत गिरि रहेका छन् भने कार्यक्रमको नाम ”आवर स्टोरी” रहेको छ । संबाद कार्यक्रम समय प्रत्येक हप्ता आइतबार साझ ७:४५ बजे निर्धारण गरिएको छ ।
यस कार्यक्रमको पहिलो भागमा युएईमा रहेका युवा ‘जीवन गहतराज’ संगको पहिलो संबाद गरि थालनी गरिएको छ ।
जीवन गहतराज बिगतमा नेपाली रास्ट्रिय बक्सर खेलाडी हुन भने बिगत लामो समयदेखि कतार हुदै हाल युएईमा रहदै आउनु भएको छ ।
यो लिंकमा गएर हेर्नुहोला: