नेता लिङ्देनको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार, अध्यक्ष थापा र लोहनीले लिए जानकारी


[ss_social_share]
लेखक : लेखापढी      २६ मंसिर २०७७, शुक्रबार १४:१३ मा प्रकाशित     
नेता लिङ्देनको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार, अध्यक्ष थापा र लोहनीले लिए जानकारी

काठमाडौं । राप्रपाका अध्यक्षद्वय कमल थापा र प्रकाशचन्द्र लोहनीले पार्टीका सांसद राजेन्द्र लिङ्देनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । बिहीबार बेलुकी हेलिकप्टरबाट काठमाडौं ल्याइएका लिङ्देनको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । 

शुक्रबार अध्यक्षद्वय थापा र लोहनीले लिङ्देनको उपचारमा संलग्न चिकित्सकहरुलाई भेटी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । डा. दिप्तेश अर्याल र  सिईयो पंकज बास्कोटाले  नेता लिङ्देनको स्वास्थ अवस्थामा उल्लेख्य सुधार भएको जानकारी गराएको राप्रपा नेता राजाराम बर्तौलाले बताए ।
 
निमोनियाका कारण झापामै अस्पताल भर्ना भएका लिङ्देनको शरीरमा अक्सिजनको मात्रा घटेपछि बिहीबार बेलुका थप उपचारका लागि काठमाडौं ल्याइएको थियो । 
https://lekhapadhi.com/2020/12/10/%e0%a4%b0%e0%a4%be%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%aa%e0%a4%be-%e0%a4%a8%e0%a5%87%e0%a4%a4%e0%a4%be-%e0%a4%b0%e0%a4%be%e0%a4%9c%e0%a5%87%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%8d%e0%a4%b0-%e0%a4%b2/

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •