एक हजार ४४ थपिए, सक्रिय सङ्क्रमित १२ हजार १४८


[ss_social_share]
लेखक : लेखापढी      २६ मंसिर २०७७, शुक्रबार १७:१९ मा प्रकाशित     
एक हजार ४४ थपिए, सक्रिय सङ्क्रमित १२ हजार १४८

 नेपालमा कोरोना भाइरसका एक हजार ४४ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा एक हजार २७१ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा एक हजार ४४ सङ्क्रमित थपिएकोमा एक हजार २७१ जना निको भएर घर फर्केको जनाएको छ । थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाभाइरसका कुल सङ्क्रमित दुई लाख ४६ हजार ६९४ पुगेको छ ।
मन्त्रालयका अनुसार हाल १२ हजार १४८ जनामा मात्रै भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । हालसम्म दुई लाख ३२ हजार ८७२ जना सङ्क्रमित निको भएका छन् । मन्त्रालयले हालसम्म १८ लाख २० हजार ६१८ जनाको आरटीपीसीआर परीक्षण गरिएको जनाएको छ ।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •