अत्यधिक चर्चामा रहेको गित ‘पाउ हजुरको किन ? कष्ट गरि बक्सियाे’ शुक्रबार भब्य रिलिज हुदै


अत्यधिक चर्चामा रहेको गित ‘पाउ हजुरको किन ? कष्ट गरि बक्सियाे’ शुक्रबार भब्य रिलिज हुदै

काठमाडौँ – राजा महाराजाहरुको दरबारमा हुने गरेको शास्त्रीय संगीत संगै आलिशान दरबार भित्रको मौलिक दृश्य समेटेर  छायांकन गरिएको “पाउ हजुरको किन ? कष्ट गरि बक्सियाे” गीतको भोलि मंसिर २६ गते, शुक्रबार रिलिज हुने कार्यक्रम रहेको छ ।

डा.दिलिप कुमार मल्लको शब्द रहेको गीतमा लक्षु प्रकाश मल्लको संगीत र गायिका निशा देसारको मनमोहक मधुर स्वर रहेको उत्कृस्ट गीतको म्युजीक भिडियोमा नायिका हमालको मुख्य भुमिका रहेको छ। उक्त गितको कोरियोग्राफी स्वजन रघुबंशी साथै निर्देशन शेर शाहीले गरेका छन्। 

नेपाली गीत संगीतको आधुनिकतामा रमाएका लाखौ नेपालीहरुलाई यो फरक गीतले पक्कै पनि लाखौ नेपालीहरुको मन लोभ्याउने देखिन्छ ।
युट्युबमा अत्यधिक हेरिएको र चर्चामा रहेको छायांकन भिडियोबाट नै स्पस्ट छ  उक्त मौलिक भिडियोले नेपाली सांगीतिक क्षेत्रमा ठुलो योगदान पुर्याउने छ ।

pau hajur ko kina kasta by banisha hamal dr dilip kumar malla laxu prakash malla nisha dashar

“पाउ हजुरको किन कस्ट गरिबक्स्यो” गित बजारमा आउदै