विश्वभर म्यासेन्जरमा समस्या देखापर्यो


[ss_social_share]
लेखक : लेखापढी      २५ मंसिर २०७७, बिहीबार २०:०९ मा प्रकाशित     
विश्वभर म्यासेन्जरमा समस्या देखापर्यो

एजेन्सी । विश्वभर फेसबुक म्यासेन्जर तथा इन्स्टाग्राममा समस्या देखिएको छ । आज दिउसोदेखि धेरै प्रयोगकर्ताहरूले फेसबुक तथा इन्स्टाग्राममा समस्या देखिएको गुनासो गरिरहेका छन् । बिहीबार फेसबुकले सञ्चालन गरेका म्यासेन्जर र इन्स्टाग्राम डाउन भएका हुन् ।

डाउन डिटेक्टरले जिएमटी अनुसार ९ बजेदेखि यी २ सामाजिक सञ्जालबारे धेरै गुनासो आइरहेको उल्लेख गरेको छ ।डाउन डिटेक्टरमा आएका समस्याहरूमध्ये ७९ प्रतिशत फेसबुक म्यासेन्जरको स’मस्या भएको बताएको छ ।

म्यासेन्जरमा म्यासेज पठाउन तथा लग इन गर्नमा समस्या देखिएको बताइएको छ ।३७ प्रतिशतले फेसबुक एपको बारेमा गुनासो राख्दा ३० प्रतिशतले भने लग इनमा समस्या भएको गुनासो टिपाएका छन् । बेलायत, फ्रान्स, बेल्जियम लगायत युरोपका धेरै देशमा यतिबेला म्यासेन्जरमा समस्या देखिएको छ। अहिले नेपालसहित अष्ट्रेलिया, भारत, कोरियालगायतका एसियाली क्षेत्रबाट पनि उल्लेख्य गुनासोहरु आइरहेका छन् । फेसबुकले हालसम्म आफ्नो एप्समा आएको समस्याबारे केही बताएको छैन। नेपाली समयअनुसार करिब सवा तीनदेखि फेसबुक तथा इन्स्ट्राग्रामको म्यासेन्जरमा समस्या देखिन थालेको हो ।
50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •