राप्रपा नेता राजेन्द्र लिङ्देनको स्वास्थ्य अवस्था गम्भीर, हेलिकोप्टरमा काठमाडौं ल्याइयो


[ss_social_share]
लेखक : लेखापढी      २५ मंसिर २०७७, बिहीबार २१:३० मा प्रकाशित     
राप्रपा नेता राजेन्द्र लिङ्देनको स्वास्थ्य अवस्था गम्भीर, हेलिकोप्टरमा काठमाडौं ल्याइयो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवम् सांसद राजेन्द्र लिङदेनलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ । उनको उपचार मेडिसिटी अस्पतालमा हुने राप्रपा नेता मोहन श्रेष्ठले जानकारी दिए ।  गृह जिल्ला झापामा रहेका उनको स्वास्थ्यमा समस्या भएपछि झापामै अस्पताल भर्ना भएका थिए । 
आईसीयूमा राखेर उपचाररत उनको  अक्सिजनमात्रा घटेको थियो । 

स्वास्थ्यमा समस्या भएपछि परीक्षण गर्दा लिङदेनलाई निमोनिया देखिएको थियो ।  अक्सिजनको लेभल घटेपछि थप उपचारका लागि काठमाडौं ल्याइएको श्रेष्ठले बताए । लिङदेनको कोरोना परीक्षणको रिपोर्ट भने नेगेटिभ आएको पनि उनले जानकारी दिए । 

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •