निजगढ विमानस्थलनको गुरुयोजना बनाउन २९ करोड खर्च


[ss_social_share]
लेखक : लेखापढी      २५ मंसिर २०७७, बिहीबार १४:५७ मा प्रकाशित     
निजगढ विमानस्थलनको गुरुयोजना बनाउन २९ करोड खर्च

नेपाल नागरिक उड्डयन प्राधिकरणले २९ करोड खर्चिएर निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना बनाउने भएको छ। निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना बनाउनका लागि सिजी इन्फ्राटा तथा जोशी एशोसिएट्सको सयुक्त उपक्रमलाई प्राधिकरणले आसयपत्र दिइसकेको छ।

प्राधिकरणकाअनुसार यो कामका लागि कम्पनीले २९ करोड ८९ लाख रुपैयाँ लिने प्रतिबद्धतता जनाएको छ। 

आयोजनामा विदेशी लगानी खोज्न असफल भएको सरकारले कुन मोडलबाट बनाउने भनेर अहिलेसम्म कुनै पनि निर्णय गरिसकेको छैन। यसअघि नै विस्तृत सम्भाव्यता अध्ययन भइसकेको आयोजनाका लागि गुरुयोजना बनाने भन्दै २९ करोड खर्चिन लागिएको हो। 

प्राधिकरणले आव्हान गरेको टेन्डरमा १३ कम्पनी सहभागी भएका थिए। प्राविधिक रुपमा छनौट भएका कम्पनी मध्येबाट वित्तीय प्रस्ताव माग गरिसकेको प्राधिकरणले अहिले छनौट भएको कम्पनीसँग वार्ता गरेर सिजी इन्फ्राटाको प्रस्ताव स्वीकार गरेको थियो। 

यो कामका लागि प्राधिकरणले ४० करोड बजेट विनियोजन गरेको थियो। 
विदेशी लगानी ल्याएर बनाउने भनिएको यो विमानस्थलमा अहिलेसम्म लगानी प्रतिबद्धता आएको छैन। एक वर्षदेखि लगानी प्रस्ताव गर्ने भन्दै भाखा सार्दै आएको जुरिच इन्टरनेशनलले अन्तिम समयमा आएर लगानीको प्रतिबद्धतता गर्न नसक्ने प्रतिक्रिया यसअघि नै दिइसकेको छ। 

पहिलो चरणमै १ खर्ब २० अर्ब भन्दा धेरै लगानी चाहिने अनुमान गरिएको यो आयोजनामा विदेशी लगानी नआएपनि सरकारले बनाइ छाड्ने संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले यसअघि नै घोषणा गरिसकेका छन्।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •