बेलायतमा कोरोना खोप प्रयोग सुरु, ९० वर्षकी महिला पहिलो प्रयोगकर्ता


[ss_social_share]
लेखक : लेखापढी      २३ मंसिर २०७७, मंगलवार १५:०१ मा प्रकाशित     
बेलायतमा कोरोना खोप प्रयोग सुरु, ९० वर्षकी महिला पहिलो प्रयोगकर्ता

काठमाण्डाै – बेलायतमा कोराना विरुद्धको खोप दिन सुरु गरिएको छ । अमेरिकी कम्पनी फाइजर र यसको जर्मन साझेदार बायोएनटेकले संयुक्त रुपमा विकास गरेको खोप पहिलो चरणमा बेलायतभरका ५० अस्पतालबाट दिन सुरु गरिएको हो ।

बीबीसीका अनुसार उत्तरी आयरल्यान्डकी ९० वर्षीया महिला फाइजरको कोरोना खोप लगाउने पहिलो व्यक्ति हुन् । कोभेन्ट्रीमा रहेको युनिभर्सिटी हस्पिटलमा ९० वर्षीया मार्गरेट कीननलाई पहिलो पटक कोरोना खोप दिइएको हो । कीननले कोरोना खोप लिन पाउँदा आफू भाग्यमानी महसुस भएको उनले बताएकी छन्। 

फाइजर कम्पनीले बनाएको यो खोप उमेर ढल्किएका र कोरोनाको उच्च जोखिममा रहेका व्यक्तिलाई दिइने छ । यो खोप लाखौँ जनामा प्रयोग हुने बीबीसीले जनाएको छ । कोरोना विरुद्धको खोप आम नागरिकमा प्रयोगको गर्न दिनेमा बेलायत पहिलो देश बनेको छ । एजेन्सी

 

 

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •