प्रतिकारका क्रममा शिक्षक श्रेष्ठको मृत्यु भएको विप्लव समूहको दाबी


[ss_social_share]
लेखक : लेखापढी      २३ मंसिर २०७७, मंगलवार २०:५१ मा प्रकाशित     
प्रतिकारका क्रममा शिक्षक श्रेष्ठको मृत्यु भएको विप्लव समूहको दाबी

नेत्रविक्रम चन्द विप्लव समूहले मोरङ मिक्लाजुङ गाउँपालिका-१ का शिक्षक राजेन्द्र श्रेष्ठको हत्याको जिम्मेवारी लिएको छ। 

विप्लव नेकपाको मेची कोसी ब्युरोले मंगलबार साँझ विज्ञप्ति जारी गरी श्रेष्ठको प्रतिकारमा मृत्यु भएको दाबी गरेको छ । उक्त समूहको मेची-कोसी ब्युरोले मंगलबार साँझ विज्ञप्ति जारी गरी श्रेष्ठको हत्याबारे आफ्नो भनाइ सार्वजनिक गरेको गर्दै उनी मारिनुको कारण खोलेको हो। 

तर स्थानीय सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठलाई अपहरण गरी मंगलबार बिहान नजिकैको बर्खे जंगलमा घाँटी रेटी हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

विप्लव समूहले ५२ वर्षीय शिक्षक श्रेष्ठलाई घरैबाट लगेर जंगलमा हत्या गरेको थियो। समूहले श्रेष्ठलाई सम्झाउन जाँदा हतियार लिएर आक्रमण गर्न आइलागेको दाबी गरेको छ। 

तर, प्रत्यक्षदर्शीले भने उनलाई घरैबाट बाँधेर विप्लव समूहले लगेको बताएका थिए र विप्लव समूहका ६ जना थिए। यति संख्याको समूहसँग श्रेष्ठले कसरी प्रतिकार गर्न सके भन्ने कुरा खुलाइएको छैन। 

यस्तै, प्रतिकार गर्दा घाँटी नै रेटेर हत्या गर्नुपर्ने कारणबारे पनि केही भनिएको छैन। प्रहरीका अनुसार श्रेष्ठलाई नियन्त्रणमा लिई हात बाँकेर धारिलो हतियारले घाँटी रेटिएको छ।  

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •