यही संविधानमा राजसंस्था राखौँ: राप्रपा


[ss_social_share]
लेखक : लेखापढी      २३ मंसिर २०७७, मंगलवार १५:१५ मा प्रकाशित     
यही संविधानमा राजसंस्था राखौँ: राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजावादीहरुको आन्दोलनमा नैतिक समर्थन रहेको स्पष्ट पारेको छ । बालुवाटारमा आज बसेको सर्वदलिय बैठकमा संविधानप्रति समर्थन रहेको र राजावादीहरुको आन्दोलदनमा नैतिक समर्थन रहेको राप्रपाका नेता दीपक बोहोराले जानकारी दिए ।

“संविधान बनाउँदाको चौथो पात्र हामी थियौं । त्यो संविधानप्रति हाम्रो समर्थन छ । सडकमा भइरहेको आन्दोलनमा पूर्ण समर्थन छ भन्यौँ ।  यसको समाधान गर्न हामीले यही संविधनभित्रमा हिन्दु राज्यको स्थापना गर्न सकिन्छ कि यही संविधानमभित्र राजालाई संसदको मातहतमा राखेर अगाडी बढ्न सकिन्छ की भनेर विकल्प दियौं, ” उनले भने ।

राजासहितको लोकतन्त्र  र हिन्दुराष्ट्रका विषयमा सर्वदलीय बैठक राखेर निर्णय गर्न माग पनि गरेको बताए । पछिल्लोपटक राजावादीहरुले देशका विभिन्न शहरमा आन्दोलन गरिरहेको छ ।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •