राजसंस्थाको माग गर्ने जनतालाई नेत्रबिक्रम चन्द’विप्लब’ बाट कुनै हस्तक्षेप नरहेको दाबि


[ss_social_share]
लेखक : लेखापढी      २३ मंसिर २०७७, मंगलवार ०४:१६ मा प्रकाशित     
राजसंस्थाको माग गर्ने जनतालाई नेत्रबिक्रम चन्द’विप्लब’ बाट कुनै हस्तक्षेप नरहेको दाबि

काठमाडौं- नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले हाल राजसंस्थाको पक्षमा भइरहेका प्रदर्शनमा कुनै हस्तक्षेप नहुने प्रष्ट पारेको छ।

राजसंस्थाको समर्थनमा सडकमा व्यापक जन सहभागिता देखेर अत्तालिएका केही अराष्ट्रिय तत्वहरू तथा चौथो अङ्गको नाममा काम गर्ने केहि दासहरूबाट संचालित दलाल मिडीयाहरुले बिप्लप पार्टीले राजसंस्थाको समर्थनमा भएको संघर्षमा बम हान्ने र बिथोल्ने भन्ने जस्ता भ्रामक समाचार बनाएको प्रति हाम्रो खेद तथा भत्सर्ना रहेको जनाएको छ।

रास्ट्रिय सरोकार मंच नेपालका अध्यक्ष सोम बिक्रम सिंह भन्नुहुन्छ-  जनता प्रति बिप्लपको लोकप्रियता र राजसंस्थाको प्रभावकारिता साथै जनताको स्वस्फुर्त माग देखेर अतालिएका, हतासिएका र डराएका मानसिकताको उपज हो भ्रामक समाचार | गलत चिजको जति ढ्याङ्ग्रो ठोके पनि सत्य आखिर सत्य नै हुन्छ तथा सत्य शाश्वत हुन्छ र यो कहिले डग्दैन। हामी तर्सेर र डराएर मैदान छोडेर हिंड्ने दलाल होइनौं। एकदिन जित हाम्रो हुनेछ। जनताले बुझेका छन राजा सबैका साझा हुन भनेर। राजसंस्थामा सम्पुर्ण छरिएर रहेका शक्ति अटाउँछन् बाकि दलाल, बिदेशी गुलाम, बिदेशी दास तथा लम्पसारवादी स्वतः निस्तेज हुनेछन। जसरि कुनै दलाल मार्फत राजसंस्था समर्थकको शान्तिपूर्ण र्याली माथि बिप्लप नेकपाको बम आक्रमण हुन्छ भन्ने नकारात्मक भ्रामक समाचार आयो।

अभियन्ता सोम बिक्रम सिंह भन्नुहुन्छ-  हामी सचेत भएर कार्यक्रम अगाडी बढाउदै छौ । हामि सचेत छौ अब कुनै लफङ्गा, टोले डन, अपराधिक मानसिकता, गुण्डा तथा झोले प्रयोग गरेर भएपनि शान्तिपूर्ण सभा जुलूस बिथोल्न खोज्छन् र कुनै दुर्घटना निम्त्याएर बिप्लप नेकपा माथि दोष थुपार्ने प्रयत्न हुनसक्छ। यसले राष्ट्रवादी तथा देशभक्तलाई आपसमा मिल्न नदिने र शिखरमा पुग्न लागेको राजसंस्थाको तेजस्वीपुर्ण आन्दोलन तुह्याउने प्रयास हुनसक्छ। यसमा हामी सचेत हुनै पर्छ र कुनै पनि हिसाबले कदम पछाडि हटाउन हुँदैन।
अध्यक्ष सिंह भन्नुहुन्छ यस्ता किसिमको भ्रामिक समाचार फैलाउने, लेख्ने र प्रकाशन गर्नेलाई उचित समयमा दण्डित गरिने छ।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •