तीन मुक्तक


[ss_social_share]
लेखक : लेखापढी      २२ मंसिर २०७७, सोमबार १३:४६ मा प्रकाशित     
तीन मुक्तक

१. परिवेश
तत्काल महलमै घरबार, सर भन्छ आफै !
खाली खुट्टा त्यसै जँघार, तर भन्छ आफै !!
भ्रष्टले तक्मा पाएकाे खबर देखाउछ बारबार !
विचित्र समाज भ्रष्टाचार, गर भन्छ आफै !!


२. कस्ताे प्रेम
पक्राउ पूर्जी बिना किन पक्राउ गरिछाै !
न बयान न बकपत्र खै के दाउ गरिछाै !!
हदम्याद हकदैया क्षेत्राधिकार विचारै छैन !
आफ्नै कैदी बनाउन कस्ताे घाउ गरिछाै !!


३. मन
रसिला फूल देखेकाे छु, मलाई भमरा बन्न मन छ !
हसिला हूल देखेकाे छु, मलाई जमरा बन्न मन छ !!
हाे यत्तिकाे लाेभी हुन हुन्थेन, हेर्दैमा हराउनै पर्ने !
भाेला भूल देखेकाे छु, मलाई छहरा बन्न मन छ !!


तारा प्रसाद शर्मा
बेदकाेट-०३, कन्चनपुर
सुदुरपस्चिम
 
 

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •