बायर्न र लाइपजिगको रोमान्चक बराबरी


[ss_social_share]
लेखक : लेखापढी      २१ मंसिर २०७७, आईतवार ०३:१८ मा प्रकाशित     
बायर्न र लाइपजिगको रोमान्चक बराबरी

एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिख र आरबी लाइपजिगले बराबरी खेल्दै अंक बाडेका छन् ।

शनिबार राति भएको रोमान्चक खेलमा बायर्न र लाइपजिगले ३-३ गोलको बराबरी खेलेको हो ।

बायर्नको घरेलु मैदानमा सुरुवाती अग्रता भने लाइपजिगले बनाएको थियो ।

खेलको १९ औं मिनेटमा क्रिस्टोफरले गोल गर्दै लाइपजिगलाई अग्रता दिलाएका थिए ।

तर, ३० औं मिनेटमा जामल मुसिलाले गोल गर्दै बायर्नलाई १-१ गोलको बराबरीमा ल्याए ।

Image

३४ औं मिनेटमा थोमस मुलरले गोल गरेपछि बायर्न २-१ ले अघि रह्यो ।

खेलको ३६ औं मिनेटमा लाइपजिगका जस्टिन क्लुभर्टले गोल गर्दै खेल २-२ को बराबरी बनाए ।

खेलको ४८ औं मिनेटमा इमिल फोर्सबर्गले गोल गर्दै लाइपजिगलाई ३-२ को अग्रता दिलाए ।

तर, खेलको ७५ औं मिनेटमा मुलरले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई हारबाट जोगाए ।

यस बराबरीसँगै बायर्न शीर्ष स्थानमा यथावत रहेको छ ।

बायर्नले १० खेलमा २३ अंक जोडेको छ ।

लाइपजिग २१ अंक जोडेको दोस्रो स्थानमा रहेको छ ।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •