नम्रता श्रेष्ठ बनिन् ‘मिस नेपाल वर्ल्ड २०२०’


लेखक : लेखापढी      २० मंसिर २०७७, शनिबार २१:१७ मा प्रकाशित     
नम्रता श्रेष्ठ बनिन् ‘मिस नेपाल वर्ल्ड २०२०’

नम्रता श्रेष्ठ ‘मिस नेपाल वर्ल्ड २०२०’ बन्न सफल भएकी छन् ।

प्रतियोगिताको प्रतिस्पर्धीहरूलाई पछि  पार्दै उनी मिस नेपाल बन्न सफल भएकी हुन्। 

उनलाई ‘मिस नेपाल वर्ल्ड २०१९’की अनुष्का श्रेष्ठले ताज पहिराएकी हुन्।

श्रेष्ठ किन्डर गार्डेन टिचर हुन्।

यसैगरी, ‘मिस नेपाल सुप्रानेसनल २०२०’ को ताज सिमल कनौजियाले पाएकी छन् भने सन्ध्या शर्माले  ‘मिस नेपाल इन्टरनेसनल २०२० को ताज पहिरिहेकी छन्।

त्यस्तै,‘मिस नेपाल अर्थ २०२०’ को उपाधि सुप्रिया श्रेष्ठले पाएकी छन्।

कोभिड–१९ का कारण केही महिना पछि धकेलिएको प्रतिस्पर्धा आज (शनिबार) सम्पन्न भएको हो । 

कार्यक्रमको प्रमुख निर्णायक मिखा माथेमाले सोधेको–‘कल्पना गर्नुहोस् तपाई एउटा सानो ढुंगा हो । जो पोखरीमा पर्दा सुन्दर तरंग फैलिन्छ । तपाई नेपाली महिलाको जीवनमा परिवर्तनकारी तरंग कसरी फैलाउन चाहनुहुन्छ ?’ भन्ने प्रश्नमा उत्कृष्ट जवाफ दिदै नम्रताले ताज जितेकी हुन् । नम्रताले यो प्रश्नको जवाफमा आफ्नी आमालाई संझिएकी थिइ । नेपाली महिला सशक्त हुने उल्लेख गर्दै उनले नेपाली महिलाहरु सकारात्मक सोचले अगाडि बढ्ने गरेको र यसैको आधारमा संसारलाई जित्न सकिने बताएकी थिइन् । एजेन्सी