नेकपा सचिवालय बैठक सम्पन्न: दुवै अध्यक्षको प्रस्ताव स्थायी कमिटीमा जाने


[ss_social_share]
लेखक : लेखापढी      २० मंसिर २०७७, शनिबार १८:१३ मा प्रकाशित     
नेकपा सचिवालय बैठक सम्पन्न: दुवै अध्यक्षको प्रस्ताव स्थायी कमिटीमा जाने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शनिबार बसेको सचिवालय बैठक सम्पन्न भएको छ । करिब साढे तीन घण्टा बसेको बैठकले छलफल र बैठकबाटै पार्टीको आन्तरिक विवादको निवारण गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले भोलिको स्थायी कमिटी बैठक पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । बैठकमा सचिवालयका सदस्यहरुले आफ्नो धारणा राख्ने काम भएको बताउनुभयो । आवश्यक पर्दा दुई अध्यक्षबीचको संवाद, सचिवालयको औपचारिक अनौपचारिक छलफल र स्थायी कमिटीको बैठकमा लगेर पार्टी संकटको निदान खोजिने उहाँले जानकारी दिनुभयो ।

‘पूर्वनिर्धारित स्थायी कमिटी भोलि पार्टी कार्यालय धुम्बाराहीमा बस्ने तय भएको छ । पार्टीको संकट र निवारणका सन्दर्भमा छलफल गरेर निष्कर्ष निकालिने छ’, प्रवक्ता श्रेष्ठले भने, ‘दुबै प्रस्ताव पेश गरी छलफलमा लैजाने लगिने छ ।’
गत कात्तिक २८ गतेको बैठकमा प्रचण्डले ओलीमाथि दर्जनौं प्रश्न गर्दै फरक प्रस्ताव ल्याएका थिए भने त्यसको काउन्टरमा ओलीले पनि मंसिर १३ गतेको बैठकमा छुट्टै प्रस्ताव ल्याएका थिए । दुई अध्यक्षको प्रस्तावमा एकले अर्कालाई आरोप प्रत्यारोप गरिएको छ भने सोही प्रस्तावका कारण नेकपाभित्रको विवाद थप चर्किएको अवस्था छ । 

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •