मंसिर २२ गते बिहे गर्दै श्वेता खड्का


[ss_social_share]
लेखक : लेखापढी      १८ मंसिर २०७७, बिहीबार २१:२२ मा प्रकाशित     
मंसिर २२ गते बिहे गर्दै श्वेता खड्का

काठमाडाैं । नेपाल चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री श्वेता खड्का विवाह बन्धनमा बाधिँने भएकी छिन् । श्वेताले मंसिर २२ गते बिहे गर्ने पक्का भएको छ । बिहेका लागि निम्तो कार्ड समेत नजिकका आफन्त र साथीभाइलाई बाडिएको छ ।

मंसिर २२ गते धनगढीका विजयन्द्र सिहं रावतसँग उनले लगनगाँठो कस्न लागेकी हुन् । उनीहरू दुबै केही समयदेखि प्रेममा थिए । स्वेताको बिहे गोकर्ण फरेष्ट रिसोर्टमा हुनेछ । 

नायिका स्वेता खड्का चलचित्र ‘कहाँ भेटिएला’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन् । श्वेताले नायक श्रीकृष्ण श्रेष्ठसँग वि।सं २०७१ साल असार २३ गते विवाह गरेकी थिइन् । तर, बिहे भएको करिब एक महिनापछि श्रीकृष्णको वि।सं २०७१ साल साउन २५ गते भारतमा उपचारका क्रममा निधन भएको थियो । यसपछि, स्वेताले चलचित्र ‘कान्छी’ निर्माण गरिन् ।

स्वेता पछिल्लो समय चलचित्रसँगै विभिन्न व्यवसायमा आवद्ध छिन् । नायिका स्वेता खड्काले यो बर्षको मातातिर्थ औसीमा विजयेन्द्रकी आमालाई शुभकामना समेत दिएकी थिइन् । अनलाइनखबर

 

50% LikesVS
50% Dislikes
Spread the love !
  • 124
  • 837
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    961
    Shares