कांग्रेस नेता रामचन्द्र पौडेल तनहुमा पक्राउ


[ss_social_share]
लेखक : लेखापढी      १७ मंसिर २०७७, बुधबार १६:४० मा प्रकाशित     
कांग्रेस नेता रामचन्द्र पौडेल तनहुमा पक्राउ

काठमाडौं । तनहुँमा कांग्रेस नेता रामचन्द्र पौडेलसहितका नेतालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेता पौडेलले भने आफूलाई प्रहरीले हिरासतमा लिएको जनाएका छन् । पौडेल अहिले पनि प्रहरी नियन्त्रणमै छन् । वरिष्ठ नेता पौडेलसँगै कांग्रेस तनहुँका कार्यबाहक सभापति जितप्रकाश आलेलाई पनि प्रहरीले नियन्त्रणमा लिएको पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिएका छन् ।

एक पुलको उद्घाटन गर्न जाने क्रममा तालघारी भन्ने स्थानबाट पौडेलसहितका नेतालाई फिर्ता गरेर सदरमुकाम ल्याइएको प्रहरीले जनाएको छ । नेकपाका कार्यकर्ताले उनलाई अवरोध गर्न सक्ने भएकाले प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । अहिले पनि नेता पौडेलसहितका नेतालाई प्रहरीले नियन्त्रणमै राखेको नेता स्वकीय सचिव अधिकारीले जानकारी गराए ।

पौडेललाई प्रहरीले जबर्जस्ती नियन्त्रणमा लिइएको थियो । पौडेलले फेसबुक स्टाटस लेखेर आफूलाई प्रहरीले हिरासतमा लिएको जनाएका छन् ।

के हो विवाद ?

यसैबीच झडप हुनसक्ने भन्दै तनहुँमा जिल्ला प्रशासन कार्यालयले मध्यान्ह १२ बजेदेखि लागू हुनेगरि निषेधाज्ञा जारी गरेको थियो ।  प्रमुख जिल्ला अधिकारी सागर न्यौपाले निषेधाज्ञा जारी गर्नुपूर्व दमौलीमा नेकपा तनहुँ र राष्ट्रिय युवा संघले विरोध प्रदर्शन र नाराबाजी गरेको भन्दै निषेधाज्ञा जारी गरेको बताएका थिए ।

व्यास नगरपालिकामा मोटरेबल पूल निर्माण भएको र त्यसको उद्घाटन कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गर्ने भनेपछि विवाद सुरु भएको थियो । नेकपाले कांग्रेसका नेतालाई पुल उद्घाटन गर्न नदिने भन्दै प्रदर्शन गर्‍यो ।  नेकपा तनहुँका अध्यक्ष केदार सिग्देलले कांग्रेसले जबर्जस्ती गर्न खोजेको भन्दै विरोध प्रदर्शन गरिएको जनाएका छन् 

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •