भ्रमीत गणतन्त्र कि राजसंस्था ? फ‌ैसला जनतामा निहित


लेखक : लेखापढी      १७ मंसिर २०७७, बुधबार ०५:०६ मा प्रकाशित     
भ्रमीत गणतन्त्र कि राजसंस्था ? फ‌ैसला जनतामा निहित

कुनैपनि ब्यबस्थाकाे नयाँ परिकल्पना गरिनु , सपना देख्नु र देखाउनु आफैमा खराब कुरा हाेईन । तर सपना देख्नु र देखाउनु अघि कुनैपनि नेतृत्व र नेताले देशकाे भौगाेलिक बनावट, आर्थिक अबस्था ,सामाजिक परिवेश साथै अन्तर्राष्ट्रिय चासाेकाे बिषयलाई गम्भीर रुपमा अध्ययन अनुसन्धान र विश्लेषणका साथ दुरगामी साेच अनुरुप देश र जनताकाे पक्षमा निर्णय गर्दा बढाे दख्खल र अब्बल का साथ निर्णय गर्नु नै एक कुशल राजनेताकाे मुल धर्म मानिन्छ ।

अहिले कसैले मानुन या नमानुन आधुनिक नेपालकाे एकीकरण संगै राष्ट्र निर्माताकाे रुपमा हामिले पृथ्वीनारायण शाहलाई एक कुशल राजनेताकाे रुपमा स्विकार्नै पर्दछ । जसले २५० बर्ष अघि नेपाललाई विभिन्न राज्य संगै पुर्वमा टिष्टा, पश्चिममा काँकडा र उत्तरमा तिब्बतकाे सिमाना, दक्षिणमा गंगा नदिसम्म कायम गराउन सफल पृथ्वीनारायण शाह...
अहिले कसैले मानुन या नमानुन आधुनिक नेपालकाे एकीकरण संगै राष्ट्र निर्माताकाे रुपमा हामिले पृथ्वीनारायण शाहलाई एक कुशल राजनेताकाे रुपमा स्विकार्नै पर्दछ । जसले २५० बर्ष अघि नेपाललाई विभिन्न राज्य संगै पुर्वमा टिष्टा, पश्चिममा काँकडा र उत्तरमा तिब्बतकाे सिमाना, दक्षिणमा गंगा नदिसम्म कायम गराउन सफल पृथ्वीनारायण शाहपछि, राजेन्द्रलक्ष्मि र बाहादुर शाहले जुन याेगदान र नेतृत्व गर्नुभयाे त्यो नेतृत्व प्रती हामी सदैब ऋणी रहनेछौं र इतिहाँसलाई सधैं सम्मान र स्मरण गर्नुपर्ने दायित्व  हामी माझ रहन्छ । जुन अभियानमा गाेरखनाथ र गाेरखकालिकाे प्रतक्ष आशिर्बाद पृथ्वीनारायण शाहलाई प्राप्त भएकाे थियाे । जसमा उहाँकाे दुरदर्शी सोच, एक कुशल नेतृत्व र कुशल प्रशासककाे रुपमा लिने गरिन्छ । उहालाइ तत्कालिन समयमै अन्तर्राष्ट्रिय सम्बन्ध र कुटनिति बारे राम्रो दख्खल रहेछ भन्ने कुरा अहिले २५० बर्ष पछि प्रष्ट हुँदैछ ।
 
सायद हामी नेपाली र हाम्रा नेताहरुले ती कुराहरुलाई गहिरिएर बुझेकाे भए र मनन् गरेकाे भए नेपाल र हामी नेपाली अहिले २१औ शताब्दीमा एक बिकसित र सफल राष्ट्रकाे रुपमा बिश्वमा उदाहरणिय देश भैसकेका हुनेथियौं । खैर त्यसाे हुन सकेन बिडम्बना, विभिन्न परिस्थिति अनुरुप देश अनेकन भुमरिमा पर्दै आयाे र देशलाई अनेकन हिसाबले बन्दी बनाउने काम भयाे । जसमा तत्कालीन शाशककाे रुपमा आफुलाई स्थापित गराउन सफल जंग बाहादुर राणा द्वारा राजालाई बन्धि बनाई देश र जनतामा १०४ बर्ष सम्म शासन गर्न सफल भए संगै जसरि देश र जनताले सामाजिक बिकास र आर्थिक बिकासमा फड्काे मार्न सकेन याे आफैमा ईतिहाँसकै सम्झिन लायक कालखण्ड हाे । तर बिडम्बना अहिले जुनरुपमा नेपालकाे राजनैतिक बिकाशकाे आरम्भ संगै १०४ बर्षिय राणा शासणबाट देश र जनतामा राजतन्त्र काे जुन भुमिका हुनुपर्ने थियाे त्याे हरण भएसंगै २००७ सालकाे प्रजातान्त्रिक आन्दाेलनमा मुख्यत: राजा र राजनैतिक दल र जनताकाे सक्रियतामा राणा शासनकाे अन्त्य संगै जनताकाे नाममा राजनैतिक सक्रियता बढे संगै अन्तर्राष्ट्रिय राजनैतिक प्रभाब पनि विभिन्न रुपले प्रबेश हुँदै आएकाे कुरा जग जाहेर नै छ ।
कुनैपनि तन्त्रकाे नाँउमा राजनैतिक परिवर्तन घोषणा संगै यदि जनताकाे जिबन स्तरमा परिवर्तन ल्याउन सकिएन भने खास तन्त्रले मात्र आफैमा केही गर्ने हाेईन । तर यसाे भनिरहँदा तन्त्र र मन्त्र बिना नै देश र जनतालाई आर्थिक सम्बृद्धिकाे बाटाेमा अगाडि बढाउन सकिन्छ भन्न खाेजेकाे चाँही हाेईन...
 
जसरि तत्कालिन बेलायती साम्राज्यवादलाई बिश्वब्यापि रुप दिई दक्षिण एसिया लगभग साम्राज्यबादिहरुकाे कब्जामा भारतका लगभग १००० भन्दा बढिराज्यहरु लाई आफ्नाे अधिनमा लिएसंगै हिमालयकाे काखमा प्राकृतिक सुन्दरताले भरिएकाे भुमिलाई पनि कब्जामा लिनुपर्छ भन्ने नै थियाे । तर अनेकन प्रयासका बाबजुद बेलायती साम्राज्यबादिहरुले हार स्विकारेर घुडा टेकेकाे नेपालकाे भुमि र यँहाका जनताकाे एकताबाट र कुशल शासकहरुकै कारणले स्थापित त्यो गौरबमय ईतिहास आज पनि ताजै छ । सम्पूर्ण ती महान सासक, जनता र पुर्खालाई काेटि काेटि नमन गर्नैपर्दछ।
१९४७ मा भारत स्वतन्त्र हुनुमा बिर नेपालिहरुकाे प्रमुख भुमिका र सहयाेग भएसंगै समयले काेल्टे फेरेसरि तत्कालिन राणा द्वारा शासित हुँदै आएकाे देशलाई निरङ्कुशता हटाउन छिमेकि देशले भुमिका र सहयाेग गरेकै हाे तर त्याे सहयाेग पछि गएर आलाे-पालाे, पैचाे नभएर शक्तिकाे आडमा आफु अनकुल बनाउने दिशाउन्मुख भयाे । हाल अहिलेपनि नेपाली राजनितिमा १९५० काे सन्धि सम्झौता माथि प्रश्नचिन्न खडा भईरहन्छ त्याे यस्कै उपज हाे । भन्नलाई तत्कालिन राणा प्रधानमन्त्रीले भारतिय पक्षलाई अङ्ग्रेज भगायाे अभियानमा सहयाेग गरे बापत बक्सिस स्वरुप तराईका केही जिल्ला फिर्ता ल्याएकाे भनिएता पनि बास्तबिक नेपालकाे एकीकरण अभियानलाई जाेड्ने हाे र उक्त भुमिकाे बिषयमा कुरा गर्ने हाे भन्नदेखिन् नेपालले गुमाएकाे भुभाग अङ्ग्रेजहरुकाे पालामा अङ्ग्रेजद्वारा कब्जा गरिएकाे थियाे । जसरि अङ्ग्रेजहरुले भारत छाेडेर जाँदा नेपालले एकीकरण गरेकाे भुमि स्वत: नेपालकाे हुनुपर्ने बहस आजपनि कायमै छ ।
 
तर यसाे भनिरहँदा राजनैतिक हिसाबले हाल याे कुरा उचित हाेला नहाेला, उक्त भुगाेलका जनताले निर्णय गर्ने कुरा हाे । जसरि तत्तकालिन जन प्रिय नेता बिपी काेईराला मानियता पनि जनताकाे एकता राजाकाे सक्रियतामा राणा शासनकाे अन्त्य गरियाे । समय परिस्थिति संगै प्रजातन्त्रकाे नाँउमा जनताकाे छाेराे प्रधानमन्त्री बन्ने लहड आएसंगै राजालाई संबैधानिक भएर बस्न बाध्य पारियाे, फलस्वरप २००७ देखि २०१७ साल सम्म आईपुग्दा बिदेशि राजनितिकाे प्रभाबसंगै अनेकन् खिचातानि र तत्कालीन समयमै संविधानसभा मार्फत राजतन्त्र काे बिधिबत रुपमै बिदा गर्नुपर्छ भन्ने अनेकन प्रयास असफल संगै देशै नरहने दृष्टि पश्चात तत्कालीन श्री ५ महेन्द्रलाई देशकाे शासन सत्ता हातमा लिन बाध्य पारिए संगै राजनैतिक अभ्यास सहितकाे निर्बाचन प्रणालि अन्तर्गतकै पञ्चायत कालकाे माटाे सुहाउँदो ब्यबस्थाकाे परिकल्पनामा औधाेगिक बिकासकाे यात्रा आरम्भ गरियाे । अनेकन समस्याका बाबजुत देश बिकास र आर्थिक सम्बृद्भि सुरुवात २०२० देखि ०२८ सम्म आईपुग्दा ८ बर्षकाे छाेटाे अबिधिमै प्रबिधिकाे अभाबमै पनि बिभिन्न साना ठुला गरि सयौ उधाेगहरुलाई स्थापित गरि बिश्वबजार संग जाेडियाे । साथ मा थुप्रै सडकहरु काे निर्माण गरियाे । जसमा जनताहरुकाे शुलभ पँहुच र सुबिधा भाेग पुगाेश भन्ने नै थियाे । साथै त्यहि समयमै भुमि सम्बन्धि ऐन र बिभिन्न कानुन निर्माण गरि जातिय छुवाछुत अन्त्य र बिभिन्न आयाेगहरु गठन गरि सबै समुदायलाई समान तरिकाले आ-आफ्नाे धर्म , पहिचान, संस्कृति ,सभ्यता, लाई सबैले सम्मान गर्ने साेचकाे बिकास गरियाे । 
 
कुनैपनि तन्त्रकाे नाँउमा राजनैतिक परिवर्तन घोषणा संगै यदि जनताकाे जिबन स्तरमा परिवर्तन ल्याउन सकिएन भने खास तन्त्रले मात्र आफैमा केही गर्ने हाेईन । तर यसाे भनिरहँदा तन्त्र र मन्त्र बिना नै देश र जनतालाई आर्थिक सम्बृद्धिकाे बाटाेमा अगाडि बढाउन सकिन्छ भन्न खाेजेकाे चाँही हाेईन यी दुबै कुरालाई सन्तुलन मिलाएर देशलाई अगाडि बढाउने भुमिका राजनिती भित्रकै नेतृत्व र ईमानदार, निडर नेताले नै गर्ने हाे ।
विश्व इतिहासलाई नियाल्ने हो भने विभिन्न कालखण्डमा अनेक शक्तिशाली परिबर्तन भएका छन, जनताले चाह्यो भने फेरी पुरानो शासन फर्किएका अनेकौ ज्युदो इतिहास छन् | त्यसैले घमण्ड र आडम्बरले देश बन्दैन, राष्ट्रिय मेलमिलाप र क्षमा आदन प्रदानकाे नीति अनुरुप नै अघि बढ्नुको बिकल्प छैन...
 

तर बिडम्बना ०४६ पछिकाे परिवर्तन त्यस पछिको संसदीय अभ्यास र राजनैतिक प्रतिशाेधकाे कारणले जन्माएकाे १०बर्षे जनयुद्ध हुँदै ६२/६३ सम्मकाे अस्थिर राजनिति र युद्धलाई शान्तिपथमा ल्याउने प्रयास संगै देशकाे परम्परागत शक्तिलाई बाईपास गरि जसरि २ शक्तिहरुलाई मात्र बिदेशि भुमिमा नेपाल र नेपालि जनताकाे हकमा राजनैतिक परिवर्तन काे संज्ञा दिदै १२ बुँदे सहमति अनुरुप अन्दाेलनकाे शुत्रपात गरियाे याे नै देश र जनताकाे लागि गलत कदम थियाे भन्ने कथन अहिले आएर पुष्टि हुदैछ ।

भ्रमीत गणतन्त्र त्याग गर्दै  जनताकाे भावना अनुरुपकाे राजसंस्था घाेषणा सहित माटाेसुहाउँदो बैकल्पिक राजनैतिक शक्ति निर्माण काे बाटाेमा गई देशकाे लागि सबै शक्ति एकजुट हुनुपर्ने इतिहाँसकाे एक गम्भीर माेडमा आईपुगेका छौं ।

जाँदा जाँदै..
अहिले नेपालमा गणतन्त्र माथि किन प्रश्न चिन्ह खडा भयाे त ? याे मैले मात्र भनिरहेको बिषय होइन| याे त सारा जनताकाे मन मनमा खडा भएकाे कुरा हाे । हिजाे ००७ सालदेखिनै संघर्षरत र जनयुद्ध हुँदै ६२/६३ ताका संघर्ष गरेका पार्टी नेता तथा कार्यकर्ता काे मनमा अझैपनि घमण्ड र आडम्बर छ । ताकी उहाँहरु गणतन्त्र, धर्मनिरपेक्ष्यता र संघियताकाे लागि यत्राे त्याग तपस्या र बलिदानि गरियाे भनेर याे उहाँहरुकाे हकमा जायज पनि हाेला किनभने समय एक पटक आउछ फेरि फर्किदैन । तर बास्तबिक हामिले बुझ्नुपर्ने कुरा के हाे भने यदि बास्तबिक गणतन्त्रका मुद्दाहरु जनता केन्द्रित थिए भने र साँचिकै जनतामा ब्याबहारत: लागु हुने बाटाेमा सरल र सहज तरिकाले जान्थे भने किन पहिलाे संविधानसभा बिघटन संगै राजनैतिक पार्टी र नेताहरूलाई असफल पारियाे त ? याे आफैमा गम्भीर प्रश्न हाे ।
फेरि हिजाे बास्तबिक गणतन्त्र का लागि लड्ने र नेतृत्व गर्ने शक्ति खै कहाँ छन् त ।

त्यसैले राजनितिलाई आफु अनुकुल बनाएर नेपाललाई सधै अस्थिरताकाे बाटाेमा फसाएर अन्तर्राष्ट्रिय प्रयाेगशालाकाे रुपमा जुन किसिमले राजनैतिक बिकास गर्न खाेजिदैछ । बगेकाे खाेला फर्किदैन , मरेकाे लास बिउँझिदैन भन्ने तर्क गर्नुभन्दा पनि देश रहन्छ कि रहँदैन भन्ने कुरा मुख्य हाे ।

 

विश्व इतिहासलाई नियाल्ने हो भने विभिन्न कालखण्डमा अनेक शक्तिशाली परिबर्तन भएका छन, जनताले चाह्यो भने फेरी पुरानो शासन फर्किएका अनेकौ ज्युदो इतिहास छन् | त्यसैले घमण्ड र आडम्बरले देश बन्दैन, राष्ट्रिय मेलमिलाप र क्षमा आदन प्रदानकाे नीति अनुरुप नै समय भन्दा पहिला र भाग्य भन्दा धेरै काेई कसैले पाउदैन भने अनुरुपनै बास्तबिक गणतन्त्र त्यति बेला ल्याउला जुनबेला सबै नेपाली स्वाधिन , स्वाभिमानि र सम्बृद्धि भएर आफ्नाे देशकाे भबिष्यकाे फैसला आफै गर्नसकुन् ।
अहिलेकाे भ्रमीत ब्यबस्था ले देशकाे हित पनि गर्दैन र जनताकाे कल्याण पनि गरेको छैन | तसर्थ सबै जातजाति, भाषाभेष, धर्म,संस्कृति र सभ्यताकाे जगेर्ना संगै परम्परागत शक्ति र आधुनिक शक्तिलाई संग संगै लिएर जान सकेमात्र एक स्वाधिन, सम्बृद्ध, शान्त र सिङ्गो नेपालकाे परिकल्पना सहित अहिलेकाे परिस्थितिले सृजित गरेकाे ब्यबस्थालाई हामी जनताकाे एकतामा छिटै तिलान्जलि दिई अहिलेकाे भ्रमीत गणतन्त्र त्याग गर्दै  जनताकाे भावना अनुरुपकाे राजसंस्था घाेषणा सहित माटाेसुहाउँदो बैकल्पिक राजनैतिक शक्ति निर्माण काे बाटाेमा गई देशकाे लागि सबै शक्ति एकजुट हुनुपर्ने इतिहाँसकाे एक गम्भीर माेडमा आईपुगेका छौं । फैसला हामी जनतामा निहित ।

जय गाेरखकालि ।।।


नागी बिक्रम चन्द 
काठमाडौँ