सोचे मिर्मिरे बिहान भई आउदैछौ तिमी!
शून्य क्षितिजको ईन्द्रेणी झैं, हराउदैछौ तिमी !!
श्रीवृद्धिका मीठा-मीठा , सपना बाँडथ्यौ तिमी!
जालझेल र षडयन्त्रमै, अल्झिदैछौ तिमी !!
विकृतिको बीउ रोपी, गन्हाउदैछौ तिमी !
निम्छरो व्यबहारले, गर्जिदैछौ तिमी !!
उर्वर यो भूमि आज, बन्जड बनाउदैछौ तिमी !
हिजोभन्दा आज सकस , गराउदैछौ तिमी !!
देश रित्तो पारि, आफन्त भर्ना गराउदैछौ तिमि !
रितिथिति त्यागि, बिदेशी संस्कार भराउदैछौ तिमि !!
रघुबीर चन्द
बेदकोट नगरपालिका
सुदुरपस्चिम