अंकुर चन्दका तीन मुक्तक


[ss_social_share]
लेखक : लेखापढी      १७ मंसिर २०७७, बुधबार १४:५६ मा प्रकाशित     
अंकुर चन्दका तीन मुक्तक

        १ 
के गरु?
तिमि आउदैनौ भने, पर्खेर के गरु,
आधि बाटो पुगेपछि, फर्केर के गरु !
अंत कतै बगानमा, रमाएकी रैछौ,
भो, तिमीतिर व्यर्थै, सर्केर के गरु !!

         २ 
रहर 
ढकमक्क फुलेको त्यो, फुलसंगै बस्ने मन छ,
तिम्रो मेरो मन जोड्ने, पुलसंगै बस्ने मन छ !
आऊ ! उन्मादका भाव पोखौ दुवै मिलिजुली,
एकान्तमा जवानीको, भुलसंगै बस्ने मन छ !!

              ३
जिन्दगि 
लिलामीको बजारमा, सस्तो छ जिन्दगि,
मूल्यहीन देखिएको, जस्तो छ जिन्दगि !
म  त सधै सयौ बाट, ठगिएको मान्छे ,
भन्नुस ! साथि तपाईको कस्तो छ जिन्दगि !!


अंकुर चन्द 
बेदकोट नगरपालिका 
कंचनपुर, सुदुरपस्चिम 

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •