राजालाई रेफ्रीको भूमिकामा ल्याउन माग: देशभर राजसंस्थाको माग गर्दै आन्दोलन


[ss_social_share]
लेखक : लेखापढी      १६ मंसिर २०७७, मंगलवार ०३:४४ मा प्रकाशित     
राजालाई रेफ्रीको भूमिकामा ल्याउन माग: देशभर राजसंस्थाको माग गर्दै आन्दोलन

काठमाडौं ।  राजसंस्था पुनर्स्थापनाको माग गर्दै देशका मुख्य–मुख्य सहरहरुमा प्रदर्शन भइरहेको छ ।  सोही क्रममा काठमाडौंमा पनि उनीहरुले जुलुस निकालेका हुन् ।  राष्ट्रिय शक्ति नेपालले सोमबार काठमाडौंमा राजसंस्थाको पक्षमा जुलुस निकालेको हो । राष्ट्रिय शक्ति नेपालको अध्यक्ष पूर्वपञ्चका रुपमा चिनिने पूर्वमन्त्री केशरबहादुर बिष्ट छन् । उनी राजा ज्ञानेन्द्र शाहसँग निकट सम्बन्ध भएका व्यक्ति हुन् । 

राजतन्त्र पुनर्स्थापनाको माग गर्दै काठमाडौंमै सोमबार बृहत प्रदर्शन भएको हो। राजसंस्था पुनर्स्थापनाको माग गर्दै उनीहरुले जुलुस निकालेका हुन् । उनीहरुले लगाएको नारा र बोकेको प्लेकार्डमा मुख्यगरी ‘गणतन्त्र र संघीयता’ खारेजीको माग गरिएको थियो ।  ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’, ‘राजा आउ देश बचाउ’, ‘गणतन्त्र धोका हो’ लगायतका नारा लगाएका थिए । 

पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी शाहको तस्विबर अंकित टिसर्ट पनि लगाएका थिए । 

बिष्ट नेतृत्वको राष्ट्रिय शक्तिले संयोजन गरेको जुलुसमा अहिले देशभर भइरहेको राजावादीहरुको प्रदर्शनमा सक्रिय राष्ट्रिय सरोकार मञ्च र गुरु गोरखनाथका भक्तहरुको समाज पनि सहभागी थियो ।  बिष्टले नै आफुहरुको जुलुसमा उनीहरुको समेत सहभागिता रहेको जानकारी गराएका थिए । 
जुलुसमा सुहभागी हुनेहरु अधिकांस राष्ट्रिय प्रजातन्त्र पार्टी निकटहरु छन् । 

त्यस्तै, नेपाली सेनाका पूर्वसहायक रथी नेतृत्वका पूर्वसेना, प्रहरीको समूह पनि जुलुसमा सहभागी थिए । जुलुसमा बिष्टसहित तत्कालीन राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासनसत्ता हातमा लिएपछि मन्त्री बनाएका श्रीषशमशेर राणा, दीपक ज्ञवाली र कांग्रेस विपिन कोइराला पनि सहभागी थिए ।  बिष्टले छोटो तयारीमा सोमबार जुलुस निकालेको बताउँदै आउँदो २० गते अझ बृहत प्रदर्शन हुने जानकारी दिए ।  

संविधानको दायराभित्रको राजा नेपालमा चाहिएको उनको धारणा थियो ।   राजाका शासनकालका मन्त्रीसमेत रहेका ज्ञवालीले पनि संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता आयातीत एजेण्डा रहेको भन्दै  खारेज गर्नुपर्ने बताए ।  ०४७ सालको संविधान फर्काएर राजालाई रेफ्रीको भूमिकामा ल्याउनुपर्ने उनको भनाइ थियो । 

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •