काठमाडौं । राजतन्त्र पुनस्र्थापनाको माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ । राष्ट्रिय शक्ति नेपाल उपत्यका समन्वय समितिले काठमाडौंको माइतीघरमा प्रदर्शन गरिरहेको छ ।
काठमाडौंका विभिन्न स्थानबाट जुलुस निकालेर अहिले माइतीघरमा प्रदर्शन गरेको थियो। प्रदर्शनकारीले हातमा राष्ट्रिय झण्डा पनि बोकेका थिए । माइतीघरदेखि नयाँ वानेश्वरसम्म गरिएको प्रदर्शनका सहभागीले राजा आऊ, देश बचाऊजस्ता नारा पनि लगाएका थिए ।
यसअघि पोखरा, धनगढी, मकवानपुर, बुटबललगायतका क्षेत्रमा राजतन्त्रको पक्षमा प्रदर्शन गरिएको थियो ।