जरुरी कामले सरकारी कार्यालय पुगेँ । फाइल पेस गरेँ ।
भोलि आउनुहोस् भन्ने जबाफ पाएँ । उही भानुभक्तकै पालाको शैलीमा ।
भोलिपल्ट जाँदा थाहा भयो– फाइल त्यहाँबाट हिँडेको छ, तर चक्कर काटेर आइपुगेको छैन ।
विज्ञान पढेको याद आयो र त्यसको उपयोग गर्दै झट्ट सोधेँ– पृथ्वीलाई सूर्यको एक चक्कर लगाउन चौबीस घन्टा लाग्छ भने एउटा फाइललाई फाँट–फाँटको चक्कर लगाएर आउन कति घन्टा लाग्छ ?
अब म आफैँ अप्ठेरोमा परेँ ।
सोचेँ– अब यहाँ चक्करको टक्करले हुँदैन । काम बनाउनु छ । अनि नम्र भएर अज्ञानी झैँ भएर झुकेर भनेँ– मलाई विज्ञानसिज्ञान आउँदैन । माफ गर्नुहोस् । उपाय बताउनुहोस् ।
उनले कानमा फुस्फुसाउँदै भने– ”यसको पनि विज्ञान छ । मनोविज्ञान । मनोविज्ञान बुझेर काम गर्नुहोस् ।
तपाईंको फाइल पृथ्वीभन्दा छिट्टै घुम्न सक्छ ।” नमिलेको भए मिल्न सक्छ । अक्ष नभए अक्ष भेटिन्छ ।
डा. कपिल लामिछाने
सिद्धार्थनगर नपा ७, सगरमाथा पथ,
भैरहवा, रूपन्देही
“आधुनिक नेपाली लघुकथा समूह”सँगको सहकार्यमा प्रत्येक हप्ताको सोमवार एउटा लघुकथा प्रकाशित गरिनेछ।”
यहाँका लेख-रचना हामीलाई ईमेल मार्फत पनि पठाउन सक्नुहुनेछ:
email- lekhapadhee@gmail.com
visit us: www.lekhapadhee.com