“छाेरी तिमी किन रुदै आएकि के भयाे ? “
छिमेकीको छाेराकाे बिबाहमा रमाउदै जन्ती गएकी छाेरी रुदै आएकी देखेपछि आमाले मायालु पारामा साेधिन ।
“मलाई बिबाहमा जाँदा नाँचगानले फुर्सद नै हुन्थेन कहिल्यै । अहिले भने काेराेनाकाे कारण निम्तालु कम भएकाेले खासै नाचँगान भएन । बेहुलाकाे नजिकै बसेर बिबाहकाे विधि- बिधान राम्रोसँग हेर्ने अबसर पाए । दिन भरी बेहुलाकी दिदीबहिनीसँगै बसेर बिबाहका बिधिहरु हेरे ।
"यस्ता कार्यक्रम हेर्दा कुनै बेला रमाइलो र कुनैकुनै बेला मनमनै प्राय:जसाे बिबाहकाे बिधानमा महिलालाई हेला गरिदाे रहेछ भन्ने लागिरह्याे । कता कता मेराे अविवाहित मन डरायाे आमा ।"
“स्वंयम्वर, गाेडाधुने, कन्यादान, मण्डप परिक्रमा, ध्रुबतारा देखाउने, जुत्ता लुकाउने, सालीले बेहुलाकाे रुमाल खाेस्ने हुँदै सुपारी खेल्ने, माहुर खुवाउने, बेहुलीले बेहुला लाई ढाेग्ने लगायत विभिन्न विधि बिधान पश्चात् दाजुभाईले बाेकेर वर- बधुलाई गाडीमा राखिदिए । यस्ता कार्यक्रम हेर्दा कुनै बेला रमाइलो र कुनैकुनै बेला मनमनै प्राय:जसाे बिबाहकाे बिधानमा महिलालाई हेला गरिदाे रहेछ भन्ने लागिरह्याे । कता कता मेराे अविवाहित मन डरायाे आमा ।”
बेहुलाकी आमाले हत्त न पत्त भुइँमा बगेकाे घ्यू पैतालाले टेकेर पैतालाबाटै औलाले उठाएर बेहुलीलाई खुवाउनु भयाे। याे कुरा नयाँ दुलहीले थाह पाईन कि पाईनन् हाेला ?
“त्यै पनि जीवन साथी आफुले खाेजेकाे र राेजेकाे पाउँदा केही कुरा सहनगर्दा पनि भईहाल्छ नि जस्तो लागिरहेको थियाे । बेहुलाकाे घरमा आइपुगियाे । नाच्दै गाउदै बेहुली भित्र्याउने कार्यक्रम पनि सकियाे । त्यसपछि सासूआमासँग बेहुलीकाे चुल्ठो जाेडने कार्यक्रम हुँदाेरहेछ । म नजिक बसेर हेरीरहेकी थिए । बेहुलीकाे चुल्ठोबाट अलिकति कपाल र आमाकाे चुल्ठोबाट अलिकति कपाल लिएर टाउकाेनै एकैठाउमा पारे र त्यसमा माथिबाट घ्यू खन्याए । यसरी खन्याएकाे घ्यू भुँइसम्म बग्याे । बेहुलाकी आमाले हत्त न पत्त भुइँमा बगेकाे घ्यू पैतालाले टेकेर पैतालाबाटै औलाले उठाएर बेहुलीलाई खुवाउनु भयाे । याे कुरा नयाँ दुलहीले थाहा पाईन कि पाईनन् हाेला ?
याे दृष्य अरुले देखे कि देखेनन ? याे दृष्य देखेपछि मेराे मनले सहन गर्न सकेन । म रुँदै घरतिर दाैडिए ।
बिबाहकाे दिन बिष्णु लक्ष्मी मानेर पुजा गर्छन हाेईन र ? मेराे सासुले मलाई पनि त्यसै गर्नुभयाे भने ?
“भन्नुहाेस त आमा के याे ठिक हाे ? याे महिला हिंसा भएन र ? बुहारीलाई त्यसरी भुईमा खसेकाे घ्यू पैतालाले टेकेर खुवाउनु जायज हाे ?”
बिबाहकाे दिन बिष्णु लक्ष्मी मानेर पुजा गर्छन हाेईन र ? मेराे सासुले मलाई पनि त्यसै गर्नुभयाे भने ?
यसकाे अर्थ के हाे ?”
बन्दना घिमिरे
गठ्ठाघर, भक्तपुर
यहाँहरुका विभिन्न लेख-रचना ईमेलमा हामीलाई पठाउन सक्नुहुनेछ !
Email: lekhapadhee@gmail.com
www.lekhapadhee.com
Post Views:
89